नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन युकेको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा क्या ताम ढेगा

SHARE:


नगेन्द्र नेम्वाङ
लन्डन ५ सेप्टेम्बर २०२२ । नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन युकेको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

४ सेप्टेम्बर आइतबारका दिन अल्डरसटमा आयोजित अधिवेशनले रिटायर्ड क्याप्टेन ताम ढेगाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षहरु माधव कार्की, होम बिस्ट, राम लिम्बु, सचिव तेजबहादुर पुन, सहसचिव कृष्ण बस्याल, कोषाध्यक्ष निर्मल श्रीस र सहकोषाध्यक्ष मोहन थापा चयन भएका छन् ।

मिडिया सचिव एभेरेस्ट टाइम्सका मेनेजिङ डाइरेक्टर तथा मनोक्रान्ति प्रवर्तक नगेन्द्रराज नेम्वाङ (नेम्वाङ मामा), सदस्यहरुमा मेजर प्रकाश गुरुङ, राम खान र पूर्ण थापा चयन भएका छन् ।

अधिवेशनको उद्घाटन अध्यक्ष होम राना, संस्थापक अध्यक्ष थर्क सेन र रिटायर्ड मेजर भोलामान राईले संयुक्तरुपमा दिप प्रज्वलन गरी गरेका थिए । अधिवेशनलाई उपाध्यक्ष ताम ढेगाले स्वागत मन्तव्य राखेका थिए । एसोसिएसनमा नयाँ सदस्यहरु मेजर प्रकाश गुरुङ, मोहन थापा, राजदीप राई, कृष्ण बस्याललाई अध्यक्ष रानाले खादा ओडाइ स्वागत गरेका थिए । महासचिव होमराज विष्टले कार्यअवधि गतिविधि संस्थाको प्रतिवेदन र सहकोषाध्यक्ष विष्णु छन्त्यालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । दुबै प्रतिवेदनलाई सर्वसम्मत पास गरिएको थियो ।

संस्थाका सदस्य ड्राइभिङ इन्स्ट्रक्टर स्वर्गीय प्रसाद थेबेको निधन हुँदा उनका परिवारलाई संस्थाको तर्फबाट १ हजार ५४१ पाउन्ड आर्थिक सहयोग गरेको महासचिव विष्टले बताए । अध्यक्ष रानाले कार्यकालभरी सहयोग गर्ने कार्यसमितिलगायत सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिँदै कार्यसमिति विघटनको घोषणा गरेका थिए । त्यसपश्चात् निर्वाचन मण्डल अध्यक्ष प्रकाश राउतले नयाँ कार्यसमिति चयन गरेका हुन् ।

नयाँ कार्यसमितिलाई अध्यक्ष प्रकाश राउतले शपथग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष ढेगाले पुरानो कार्यसमितिलाई धन्यवाद प्रकट गर्दै नयाँ कार्यसमिति कार्यकाल सफल पार्नका लागि एक आपसमा कम्युनिकेसन मेसेज पास गर्ने विषयमा ध्यान दिनुपर्ने मन्तव्य राखेका थिए ।

अधिवेशनको अवसरमा विगत कोरोनाकालमा जुममार्फत ३ हप्ता योगा कक्षा सन्चालन गरी सहभागीद्वारा संकलित रकम ३१० पाउन्ड च्यारिटी प्रयोगको लागि योग प्रशिक्षक नगेन्द्र नेम्वाङलाई अध्यक्ष रानाले हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा नेपालबाट आएका कलाकारहरु नेपाल आइडल सिजन ४ विजेता गायक भूपेन्द्र थापा र लोकदोहोरी गायिका शान्तारानी परियारले विभिन्न नेपाली गीतहरु गाएर उपस्थित सबै दर्शकहरुलाई नचाएका थिए भने मोडेल डान्सर रिना थापाले गैरी खेतको शिरै हान्यो, कहाँ गयो जुरेली बोलको गीतहरुमा नृत्य गरी दर्सकहरुलाई मनोरन्जन गराएका थिए ।

गायक/गायिकाहरुलाई अध्यक्ष ढेगाले खादा ओडाइ सम्मान पत्रसहित सम्मान गर्दै मायाको चिनो केही नगद पनि प्रदान गरेका थिए ।

होम रानाको अध्यक्षतामा सम्पन्न अधिवेशनको औपचारिक कार्यक्रम महासचिव होमराज विष्टले सन्चालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रम नवनियुक्त सचिव तेज पुनले सन्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!