ट्रस बेलायलको नयाँ प्रधानमन्त्री नियुक्त

SHARE:

लण्डन सेप्टेम्बर ६ ।

बेलायतमा कन्जर्भेटिभ पार्टीकी नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् ।

उनी बेलायतको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन । महारानी एलिजाबेथले उनलाई स्कटल्यान्डस्थित बाल्मोरल कासलमा औपचारिक रूपमा पदबहाली गराए । सोमबार सत्तारुढ कन्जर्भेटिभ पार्टीले ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रुपमा चयन गरेको घोषणा गरेको थियो । मंगलबार आफ्नो बिदाइ भाषणमा निवर्तमान प्रधानमन्त्री जोनसनले ट्रसलाई सहयोग गर्न कन्जर्भेटिभ पार्टीका सबैलाई आग्रह गरे । त्यसलगत्तै उनले बाल्मोरल गएर महारानीसमक्ष राजीनामा दिएका थिए ।

महारानीसमक्ष औपचारिक रुपमा राजीनामा दिन बाल्मोरल जानुअघि बोरिस जोनसनले टेन डाउनिङ स्ट्रीटमा बिदाइ भाषण गरेका थिए । नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ । ४० वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ । यसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे बेलायतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

कन्जर्भेटिभ पार्टीमा ट्रससँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!