लण्डन सेप्टेम्बर ७ ।

बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले मन्त्रिमण्डल गठन गरेकी छन् ।
मन्त्रिमण्डलमा मुख्य मन्त्रालयहरुको जिम्मेवारी भने पहिलो पटक उनले सबै गोराहरुलाई दिएकी छन् । प्रधानमन्त्री ट्रसले क्वासी क्वार्टेङलाई अर्थमन्त्री बनाएकी छन् भने जेम्स क्लेभर्लीलाई विदेश मन्त्री बनाएकी छन् ।
त्यस्तै अर्को मुख्य मन्त्रालय गृहको जिम्मेवारी सुएला ब्रेभरम्यानलाई दिएकी छन् । उनले आफ्नी निकटकी साथी रहेकी थेरेसा कोफीलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री बनाएकी छन् । प्रधानमन्त्रीको दौडमा पराजित ऋषि सुनकलाई पनि मन्त्रिमण्डलमा जिम्मेवारी दिइने जनाइएको छ ।
उनले मन्त्रिमण्डलमा पूर्ववर्ती जोन्सन सरकारका मन्त्रीहरुलाई पनि समावेश गरेकी छन् । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ट्रसले युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलाई फोन गरी सहयोग निरन्तर रहने बचन समेत दिएकी छन् ।






