महावीर पुनको आविष्कार केन्द्रलाई बेलायतबाट २ लाख २१ हजार ४०५ सहयोग

SHARE:

लन्डन ८ सेप्टेम्बर २०२२ । कोभेन्ट्री नेपाली समाज बेलायतले महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । समाजका वरिष्ठ उपाध्यक्ष सन्तोष रेग्मी र साहित्यकार भरतकुमार श्रेष्ठले समाजद्वारा संकलित २ लाख २१ हजार ४ सय ५५ रुपैयाँ सामाजिक अभियन्ता पुनलाई हस्तान्तरण गरिएको हो । संकलन गरिएको उक्त रकम कोभेन्ट्रीमा रहेका नेपालीहरुले महाविर पुनसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भई संकलन गरेका थिए ।

अहिलेसम्म केन्द्रलाई विभिन्न क्षेत्रबाट ६ करोडभन्दा बढी आर्थिक सहयोग संकलन भइसकेको अभियान्ता पुनले बताए । केन्द्र स्थापनाका लागि पटक पटक सरकारसँग आग्रह र केन्द्रको उद्देश्य तथा योजनाबारे जानकारी दिदा समेत कुनै सहयोग नपाइएपछि सामजिक अभियान्ता पुन केन्द्र स्थापनामा एक्लै जुटेका छन् ।

पुनले सन २०१२ मा सूचना तथा प्रविधिमार्फत देशमा सम्भावनाहरुको खोज र स्वदेशी विद्यार्थीलाई सहयोग गर्ने उद्धेश्यका साथ मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!