इन्धनको मूल्य घटाउने बेलायती प्रधानमन्त्री ट्रसको प्रतिवद्धता

SHARE:

लण्डन सेप्टेम्बर ८ ।

बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

ट्रसले मंगलबार मात्र बोरिस जोनसनबाट पदभार ग्रहण गरेकी थिइन् । तर कडा दबाबमा परेका घरपरिवार र व्यवसायहरूलाई मद्दत गर्न तत्काल कदम चाल्नुपर्ने आवाज उठिरहेका बेला उनले नागरिकको इन्धन मूल्य नियन्त्रणको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छन् ।

रिपोर्टका अनुसार यो योजनामा बेलायतको कोभिड–१९ कालीन रोजगार सहयोग योजनालाई उछिनेर १०० अर्ब पाउन्ड ९११६ अर्ब अमेरिकी डलर भन्दा बढी खर्च लाग्न सक्ने बताइएको छ । न त ट्रस न त उनको कार्यालयले नागरिकको पिडा बनेको इन्धन मूल्यबारे पुष्टि गरेको नभएपनि डाउनिङ स्ट्रिटले बुधबार राति मात्र प्रधानमन्त्रीले ‘साहसिक कार्य योजना’ ल्याउन लागेको बताएको छ ।

उले भनिन् “युक्रेनमा रूसी नेता भ्लादिमिर पुटिनले घोषणा गरेको युद्ध र युरोपमा ग्याँस आपूर्तिको हतियार विश्वव्यापी मूल्य वृद्धि गरिरहेको छ । यसले स्पष्ट पारेको छ कि हामीले हाम्रो दीर्घकालीन ऊर्जा सुरक्षा र आपूर्तिलाई बढावा दिनुपर्छ ।”“हामी इन्धन विधेयककासाथ मानिसहरू र व्यवसायहरूलाई मद्दत गर्न तुरुन्तै कदम चाल्नेछौं तर यी समस्याहरूको मूल कारणलाई सम्बोधन गर्न निर्णायक कदम चाल्नेछौं, ताकि हामी फेरि यो स्थितिमा आउन नपरोस् ।”

बेलायती घरपरिवारले अक्टोबरदेखि घरेलु विद्युत् र ग्यासको मूल्यमा ८० प्रतिशतले वृद्धिको सामना गरिरहेका छन्, जसका कारण लाखौं मानिसले यो जाडोमा आफ्नो घर तताउन नसक्ने डर सिर्जना गरेको छ । यूरोपमा इन्धन मूल्यमा जनवरीदेखि अझै वृद्धि हुने अनुमान गरिएको छ ।

–––

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!