लण्डन सेप्टेम्बर ८ ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीय स्कटल्याण्डको बालमोरल दरबारमा चिकित्सकको निगरानीमा रहेकी छन् ।
चिकित्सकहरूले उनको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उनलाई दरबारमा राखिएको बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ।
आज बिहान थप परीक्षणपछि उनलाई मेडिकल सुपरीवेक्षणमा रहन सिफारिस गरिएको, बकिंघम प्यालेसले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।






