बेलायती महारानी एलिजाबेथको निधन भएको बकिङ्घम प्यालेसको घोषणा

SHARE:

लन्डन ८ सेप्टेम्बर २०२२ । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीय महारानी एलिजाबेथको बिहीबार सेप्टेम्बर ८ तारिख बेलुकी बालमोरलमा निधन भएको बकिङ्घम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

स्वास्थ्य समस्यापछि बेलायतकी महारानी एलिजाबेथ द्वितीय स्कटल्याण्डको बालमोरल दरबारमा चिकित्सकको निगरानीमा थिइन् । उनको मृत्यु भएको घोषणाअघि राजपरिवारका सदस्यहरु बालमोरलमा गएका थिए ।

सन् १९५२ मा महारानी भएकी एलिजाबेथ द्वितीय बेलायतमा सबैभन्दा लामो समय राज्य गर्ने महारानी बनिन् । उनले ७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गरेकी थिइन् । उनको जन्म सन् १९२६ अप्रिल २१ मा मेफेयर लण्डनमा भएको थियो ।

महारानीको निधनसँगै उनका जेठा छोरा राजकुमार चार्ल्स राजा भएका छन् । बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी नेपालको दुईपटक राजकीय भ्रमण गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!