बेलायती महारानीको अन्त्येष्टि सेप्टेम्बर १९ तारिखमा हुने

SHARE:

लण्डन सेप्टेम्बर ११ ।

बेलायती महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि यही सेप्टेम्बर १९ तारिख सोमबार हुने भएको छ ।

गत विहीबार स्कटल्याण्डको बाल्मोरल प्यालेसमा स्वर्गरोहण भएकी महारानीको अन्तिम संस्कार उक्त दिन लन्डनस्थित वेष्टमिन्स्टर एब्बेमा हुने बकिङहम प्यालेसले जनाएको छ। अन्त्येष्टि एक सातापछि हुने भएपनि महारानीको शवयात्रा भने यही आइतबारदेखि शुरु हुनेछ। आइतबार उनको शव अहिले रहेको बाल्मरोल प्यालेसबाट एडिनबरा ल्याइनेछ ।

आउंदो मंगलबार शब लन्डन ल्याएर बकिङहम प्यालेस पुर्‍याइनेछ । बुधबार महारानीको शव दरबारबाट वेष्टमिन्स्टर हल लगिनेछ । बिहीबारदेखि चार दिनसम्म सोही स्थानमा शव राखिनेछ । जहाँ हजारौँ सर्वसाधारणसमेतले श्रद्धाञ्जली व्यक्त गर्ने अवसर पाउनेछन् । महारानीको अन्त्येष्टिको दिन बेलायतमा सार्वजनिक बिदा दिने घोषणा गरिसकिएको छ। महारानीको अन्त्येष्टिमा संसारभरका सरकारप्रमुख एवम् नेताहरु समेतको सहभागिता अपेक्षित छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले महारानीको अन्त्येष्टिमा आफ्नो सहभागिता रहने स्पष्ट पारिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!