शिव मन्दिर अल्डरसटले वडादसैंमा नौ दिनसम्म पूजाआजा गर्ने

SHARE:

लन्डन १४ सेप्टेम्बर २०२२ । हरेक वर्षजस्तै शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर (शिव मन्दिर) अल्डरसटले हिन्दु नेपालीहरुको वडादसैंमा नवदुर्गा स्थापना गरी नौ दिनसम्म पुजाआजा गर्दै हर्षोल्लासका साथ मनाउने भएको छ ।

उपाध्यक्ष विक्रम भट्टराई र कार्यसमिति सदस्य किशोर गुरुङको संयोजककत्वमा २६ सेप्टेम्बर सोमबारका दिनबाट सुरु हुने नवदुर्गा (नवरात्री) को पहिलो दिन घटस्थापनाको विशेष पूजा गर्दै दशमीका दिनमा चाहिने जमरा राखिने शिव मन्दिरले जनाएको छ । सनातन संस्कृतिमा आस्था राख्नेमात्रै नभएर प्रायः सबै नेपाली तथा ग़ैर नेपालीहरुले सामाजिक र पारिवारिक एकताको प्रतीकको पर्वका रुपमा लिइने वडादसैंमा शिव मन्दिर अल्डरसटले आफ्नै मन्दिरमा आयोजना गर्ने यो चौंथो दसैं हो ।

घटस्थापनाका दिनबाट महानवमीसम्म पुरै भक्तजनहरुका निमित्त खुला रहने शिव मन्दिर अल्डरसटमा पण्डित राम पाण्डेयद्वारा हुने पुजाअर्चनासहितको नवदुर्गा पूजामा शक्तिका स्वरूप नौवटी देवीहरुमध्ये हरेक दिन छुट्टाछुट्टै देवीहरुको पूजा आराधनाका निमित्त एक नियमितकर्तासँग स्थानीयलगायत वरपरका नेपाली तथा अन्य समुदायका लब्धप्रतिष्ठित व्यक्तिहरुलाई आमन्त्रितकर्ताको रुपमा निम्ताउने कार्यक्रम रहेको छ ।

आइतबार २ तारिख़ अक्टुबरमा परेको फुलपाती भित्र्याउने कार्यक्रमलाई सदाजस्तै नौमती बाजागाजासहित स्थानीय म्यानरपार्कबाट फूल टिपेर सक्दो भव्य र रमाइलो बनाउँदै सम्पन्न गर्ने योजना पनि रहेको शिव मन्दिरले जनाएको छ । फूलपातीको भोलिपल्ट कालरात्रीको साँझमा विशेष पूजाअर्चना गर्दै मध्यरातमा काम, क्रोध, लोभ र मोहरुपी वली दिएर मनाइने छ । वडादसैंको मुख्य दिन बुधबार ५ तारिख अक्टुबरको दिन बिहान १० बजेर दुई मिनेटमा टिकाको शुभसाइत परेकोले शिव मन्दिर अल्डरसटले सबै भक्तजनहरुलाई जमरा र टिकाको व्यवस्था गर्ने तयारी गरेको छ, उक्त बिहान ९.०० बजेबाट ईच्छुक भक्तजनहरुले मन्दिरमा आएर टिका जमरा घरका लागि लैजान सक्ने पनि जनाइएको छ ।

हरेक वर्ष गरिने शिव मन्दिर अल्डरसटको विशेष नवदुर्गा पूजा कार्यक्रमको व्यवस्थापनका निम्ती मन्दिरका संरक्षक, स्थानीय सफल व्यवसायी तथा पूर्वएनआरएनए यूके अध्यक्ष, सामाजिक व्यक्तित्व योगेन क्षेत्री तथा रिता क्षेत्रीबाट प्रत्येक वर्षको दसैंमा दिने एक हज़ार पाउन्ड यस वर्ष पनि दिने भएको र अन्य भक्तजनहरुले पनि यसरी नै सहयोग गर्नेमा शिव मन्दिर परिवार ढुक्क रहेको उल्लेख गरिएको छ ।

शिव मन्दिरले वडादसैं सम्पूर्ण नेपालीहरुका निम्ति धार्मिकभन्दा पनि सामाजिक तथा पारिवारिक महत्वको पर्व भएकोले सम्पूर्ण नेपाली ग़ैर नेपाली सबैलाई सहभागी हुन र मनग्य आनन्द लिन अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!