एनआरएनए यूकेका पद मुक्त अध्यक्ष गाहामगर जुम मिटिङ गर्दै

SHARE:


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) का पदमुक्त भएका अध्यक्ष प्रेम गाहामगरले तत्कालीन कोषाध्यक्ष विष्णु खरेलले गरेको २८ हजार पाउन्ड हिनामिना ढाकछोप गर्न आफूलाई पदमुक्त गरिएको आरोप लगाएका छन् । बुधबार साँझ फेसबुक लाइभमा बोल्दै गाहामगरले अनिमियतता छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्नै लाग्दा अन्तर्राष्ट्रिय अध्यक्ष कुल आचार्यको निर्देशनमा अनियमितता लुकाउन आफूलाई पदमुक्त गरिएको दाबी गरेका हुन् ।

आफू बेलायत एनआरएनएका पञ्जीकृतसदस्यमध्ये ११ हजार ३६३ मतले निर्वाचित भएको भन्दै विधानविपरीत हटाइएको उनको दाबी छ । कुनै पनि जानकारी वा निर्णय बिना हटाइएको भन्दै त्यसले आफ्नो मानहानी भएको गाहामगरको भनाइ छ ।

एनआरएनए यूकेको विषम परिस्थितिमा संस्थाको गरिमालाई उच्च राख्दै अगाडि बढ्न विषयमा सुझाव लिन भन्दै गाहामगरले बिहीबार १५ सेप्टेम्बर २०२२ साँझ ६:३० जुम मिटिङ डाकेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का महासचिवद्वय गौरीराज जोशी र डा केशव पौडेलले मंगलबार गाहामगरलाई पत्र लेख्दै पदमुक्त गरिएको जानकारी गराएका हुन् । पत्रमा भनिएको छ, ‘तपाईंका क्रियाकलापहरु पूर्ण रुपमा संघको विधान उद्धेश्य प्रतिकुल रहेकाले आजैका मितिदेखि लागू हुने गरी गैरआवासीय नेपाली संघ यूकेको अध्यक्ष पदबाट मुक्त गरिएको जानकारी गराइन्छ’

अध्यक्ष गाहामगर संघको विधानविपरित विवादास्पद, गैरजिम्मेवार र आवाञ्छित क्रियाकलापमा संलग्न भएको आरोपसहित कार्यसमितिको बहुमतले कारबाहीको लागि गरेको सिफारिकै आधारमा कारबाही गरिएको पत्रमा जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!