मध्य लन्डनमा दुई प्रहरी अधिकारीमाथि छुरा प्रहार, आक्रमणकारी नियन्त्रणमा

SHARE:

लन्डन १६ सेप्टेम्बर २०२२ । मध्य लन्डनमा शुक्रबार दुई जना प्रहरी अधिकारीमाथि छुरा प्रहार भएको छ । उक्त घटनालाई आतंकवादसँग सम्बन्धित नठानिएको महानगरीय प्रहरीले जनाएको छ ।

लन्डनको वेस्ट इन्डमा रहेको लेस्टर स्क्वायर नजिकै उक्त ब्यक्तिले प्रहरीमाथि चक्कु प्रहार गरेको थियो । छुरा प्रहारबाट घाइते भएका दुई अधिकारीको अस्पतालमा उपचार भइरहेकोजनाइएको छ ।

आक्रमणकारीलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको थियो । आक्रमणकारीलाई आपतकालीन कामदारमाथि आक्रमण गरेको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गर्न लाखौं मानिस आउने तयारी गरिरहेका बेला यो घटना भएको हो । सर्वसाधारणलाई सुरक्षित राख्न प्रहरी अधिकारीहरु आगामी केही दिन लन्डनभरि तैनाथ रहने बताइएको छ ।

लन्डनका मेयर सादिक खानले शुक्रबार एक वक्तव्य जारी गर्दै उक्त आक्रमण ‘अत्यन्तै डरलाग्दो’ र ‘लज्जास्पद’ भएको बताएका छन् । खानले भने, “यी साहसी अधिकारीहरूले हाम्रो देशको लागि यस महत्वपूर्ण समयमा आफ्नो कर्तव्य पूरा गरिरहेका थिए र जनतालाई सहयोग गरिरहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!