बेलायती महारानी एलिजावेथको राजकीय सम्मानका साथ अन्त्येष्टि

SHARE:

लण्डन सेप्टेम्बर १९ ।

बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म राज गरेकी महारानी एलिजावेथ द्वितीयको राजकीय सम्मानसहित भावपूर्ण बिदाइ गरिएको छ ।

लन्डनको वेस्टमिन्स्टर आबीमा राजपरिवारका सदस्य, देशका पूर्व प्रधानमन्त्रीहरु, संसारभरका करिब तीन सय मुलुकका राष्ट्रप्रमुख एवम् कुटनितिक प्रतिनिधिसहित दुई हजार जना विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा महारानीको औपचारिक अन्त्येष्टि सम्पन्न भएको हो । सोमबार मध्यान्ह सम्पन्न अन्त्येष्टि समारोहपछि महारानीको शवलाई पश्चिम लन्डनस्थित विन्सोर क्यासलमा पुर्याइनेछ । जहाँ एक प्राइभेट समारोहबीच उनको समाधिस्थ गरिनेछ ।

अन्त्येष्टिपूर्व महारानीको शवपेटिकालाई बेलायती सेनाको गन क्यारेजमा राखेर वेस्टमिन्स्टर आबीमा ल्याइएको थियो । शवपेटिकाको अगाडि बेलायती सेनाका स्कटिस तथा आइरिश रेजिमेन्टहरु, ब्रिगेड अफ गोर्खाज र रोयल एअर फोर्सका सैनिकहरु परम्परागत बाजा बजाउंदै परेडमा हिंडेका थिए । राजा चाल्र्स तृतीयसहित राजपरिवारका सदस्यहरु शवपेटिकालाई पछ्याउँदै हिंडेरै अन्त्येष्टिस्थल पुगेका थिए ।

अन्त्येष्टि समारोह पूरा हुनुपूर्व रानीका पाइपरबाट राष्ट्रिय गानको धुन प्रस्तुत भएको थियो भने देशैभर दुई मिनेटसम्म मौनधारण गरिएको थियो । महारानी एलिजाबेथ द्वितीयको गत ८ सेप्टेम्बरमा ९६ वर्षको उमेरमा स्कटल्याण्डस्थित बाल्मोरल प्यालेसमा निधन भएको थियो । २१ अप्रिल १९२६ मा जन्मिएकी महारानीले सन् १९५२ मा २६ वर्षको उमेरमा गद्धी सम्हालेकी थिइन् ।

महारानी एलिजावेथ द्वीतीयका तीन छोराहरु चाल्र्स, एन्ड्रु र एडवार्डका साथै एक छोरी आनसहित चार सन्तान छन् । उनका जम्मा ८ नातीनातिना र १२ पनातीपनातिना छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!