बुद्धिस्ट गुम्बा रेडिङ यूकेद्वारा विश्वशान्ति बहुसुत्र तथा प्रज्ञापारमिता वाचन पूजा अनुष्ठान सम्पन्न

SHARE:

रेडिङ १७ सेप्टेम्बर २०२२ । बुद्धिस्ट गुम्बा रेडिङ यूकेको आयोजनामा विश्वशान्ति बहुसुत्र (दोमाङ्) तथा प्रज्ञापारमिता वाचन पूजा अनुष्ठान सम्पन्न भएको छ ।

यही १७ सेप्टेम्बर २०२२ का दिन रेडिङमा मूल गुरु खेन्पो शिर लामालगायतको उपस्थितिमा दोमाङ् तथा प्रज्ञापारमिता वाचन पूजा अनुष्ठान सम्पन्न भएको हो । कार्यक्रम मूल गुरु खेन्पो शिर लामा, अध्यक्ष इन्स्पेक्टर खेमबहादुर गुरुङ अन्य विशिस्ट व्यक्तिहरुबाट दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो ।
सम्पूर्ण सहायोगी हातहरु, टस्टीहरु, सदस्यहरुलाई मूल गुरु खेन्पोले आशीर्वाद प्रदान गरेका थिए । अनुष्ठान कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, आमा समूहको अध्यक्ष सिता गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्व अध्यक्ष सुर्जे रामचन्द्र गुरुङ, आमा समूहकी पूर्व अध्यक्ष पबित्र गुरुङ, पू्र्वअध्यक्ष कमल गुरुङ, सोंपाल समाज यूकेका अध्यक्ष श्रीप्रसाद गुरुङ, एनआरएनए यूकेका पूर्वअध्यक्ष पुनम गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष कुमार गुरुङ, कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष कृष्ण गुरुङ, संखुवासभा समाज यूकेका पूर्वअध्यक्ष बिरेन गुरुङ, बीसीसी यूके लन्डन ब्रान्चकी आमा समूह अध्यक्ष दिलमाया गुरुङ, विभिन्न संस्थाका प्रतिनिधिहरु, संस्थाका आजीवन सदस्य, सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त दिनमा उपस्थिति भक्तजनहरुलाई भर्खरै खरिद गरेको गुम्बाको भवन पनि अवलोकन गराइएको थियो । संस्थाका लागि आमा समूह, सदस्य तथा स्स्वयंसेवकबाट अतुलनीय सहयोग भएको भन्दै कोषाध्यक्ष मेजर बुद्धिबहादुर गुरुङले सम्पूर्ण सहयोगी दाताहरुको नामावली पढेर सुनाएका थिए । डाइमण्ड बुद्धिष्ट गुम्बाबाट ६ हजार ४६० पाउन्ड, तमुधिं आमा समूहबाट १ हजार ५ पाउन्ड सहयोग भएको कोषाध्यक्ष मेजर गुरुङले बताए ।

कार्यक्रममा महासचिव कमल गुरुङबाट स्वागत मन्तव्य, सचिव युवराज गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए भने पूजा संयोजक उपाध्यक्ष्य नरबहादुर गुरुङ थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!