संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको वार्षिक साधारणसभा सम्पन्न

SHARE:

नगेन्द्र नेम्वाङ
लन्डन (आस्फोर्ड), २४ सेप्टेम्बर २०२२ । संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

अध्यक्ष सर्मिला याक्सो हुक्पा चोङ्बाङको अध्यक्षता र चन्द्रकुमार लिङ्देनको प्रमुख आतिथ्यतामा मञ्च यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभा प्रमुख अतिथि लिङ्देन र अध्यक्ष चोङबाङले संयुक्तरुपमा दीप प्रजलन गरी उद्घाटन गरे ।

नेपालको रास्ट्रिय गीत बजाएर संघीय लोकतान्त्रिकभूमि र मातृभूमि नेपाललाई स्मरण गर्दै सहिदहरु र हालै निधन भएका संयुक्त अधिराज्य बेलायतका बडामहारानी एलिजाबेथ द्वितीयको सम्झनामा सम्मानसहित एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रम अवधिभरि केही आपतकालीन समस्या आइपरेमा अपनाउनु पर्ने सुरक्षासम्बन्धी जानकारी संस्थाका उपाध्यक्ष पेपराज लिम्बुले दिए । उपाध्यक्ष तिलबिक्रम लावतीले कार्यक्रमलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा समाजसेवी देव हुक्पा चोङ्बाङ, गजेन्द्रबहादुर लावतीसमेतको उपस्थिति थियो । विशेष अथिति नेपाल तारा विजेता दिपक लिम्बुले कार्यक्रम सफलताको शुभकामना मन्तव्यसहित संघीय लोकतान्त्रिक समर्पित गीत गाएर माहोललाई भावुक बनाए भने अध्यक्ष शर्मिलाले मन्तब्यको क्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

त्यसैगरी नेपालमा आउँदो मंसिर ४ मा हुने चुनावमा दाबसहितको खुकुरी चिह्नमा छाप लगाई संघीय लोकतान्त्रिक पार्टीलाई जिताउन सबैलाई आग्रह गरिएको थियो । साथै सोमबारदेखि सुरु भएको नेपालीको महान् पर्व बडा दसै तथा दिपावलीको शुभकामना दिन पनि चुकेनन । संस्थाको आर्थिक प्रतिवेदन उपाध्यक्ष पेपराज लिम्बुले प्रस्तुत गरेका थिए ।

साधारणसभामा नयाँ सदस्य चयनका साथै कार्यसमितिको रिक्त पदपूर्तिसमेत गरिएको थियो । मञ्च यूकेले दिएको जानकारीअनुसार उपाध्यक्षमा डम्बर हुक्पा चोङबाङ, बसन्त फोम्वो लिम्बु सहअर्थसचिव, Again Gurung सहमहासचिवमा, धिरज खेवा सचिवमा चयन भए ।

केन्द्रीय सदस्यहरुमा युवराज माबो, रेशम यक्सो, चन्द्र लाबुङ, शिला नाल्बो लाबुङ, सूर्यकुमारी यक्सो, योगेन्द्र हुक्पा चोङबाङ, जीवन खेवा, प्रेम गुरुङ, आयुसा राई थेबे, क्याप्टेन लक्ष्मी फागो चोङबाङ, मदन हुक्पा चोङबाङ र रेशम राई नियुक्त भएको अध्यक्ष चोङबाङले जनाइन् ।

नवनियुक्त सदस्यहरुलाई प्रमुख अथिति लिङ्देनले खादा ओडाइ स्वागत बधाई दिँदै शपथ ग्रहण गराए । साधारणसभा महासचिव सुरेन्द्र थेबेले सन्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!