लण्डन सेप्टेम्बर २९ ।

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बुधबार गत हप्ता घोषणा गरिएको कर कटौतीको वचाउ गरेकी छन् ।
यद्यपि यसको चारैतिर विवाद देखिएको छ । हामीले हाम्रो अर्थतन्त्र बृद्धि गर्न, बेलायतलाई गतिशील बनाउन र मुद्रास्फीतिसँग सामना गर्न तत्काल कदम चाल्नुपरेको थियो त्यसैले यस्तो विवादास्पद र कठिन निर्णय लिनु पर्यो तर म प्रधानमन्त्रीको रूपमा त्यो गर्न तयार छु,ू उनले भनिन् ।
मिनी-बजेट छलफलपछि उनले बीबीसी र रेडियो लीड्स लगायतसँग सो कुरा बताएकी हुन् ।






