बेलायत सरकारद्वारा ‘उच्च आम्दानी कर’ कटौतीको घोषणा फिर्ता

SHARE:

लण्डन अक्टोबर ४ ।

बेलायत सरकारले घोषणा गरेको आयकर कटौतीसम्बन्धि एक विवादास्पद नीति फिर्ता गरेको छ ।

एक महिनाअघि मात्रै शक्तिमा आएकी प्रधानमन्त्री लिज ट्रसको उच्च आम्दानी गर्नेहरुबाट लिइने करमा लाग्ने गरेको उच्च दरलाई खारेज गर्ने घोषणा चौतर्फी आलोचनापछि फिर्ता गरिएको हो । अर्थमन्त्री क्वासी क्वार्टेनले उक्त कर कटौतीको घोषणापछि सिर्जित अवस्थाले सरकारका अन्य प्राथमिकताहरुमा पनि विकर्षणको अवस्था आएकाले फिर्ता लिने निर्णय गरिएको बताए ।

अर्थमन्त्री क्वार्टेनले अघिल्लो साता मात्रै वार्षिक डेढ लाख पाउन्डभन्दा बढी आम्दानी हुनेहरुले सरकारलाई तिर्नुपर्ने करको ४५ प्रतिशत दर हटाइएको घोषणा गरेका थिए । आगामी अप्रिल महिनाबाट लागू हुने भनिएको उक्त नीतिले उच्च आम्दानी हुनेहरुलाई नै थप फाइदा पुर्‍याएको भन्दै तीव्र आलोचना भएको थियो ।

दैनिक जीवनयापन खर्च आकाशिएर आम बेलायती जनता संघर्ष गरिरहेका बेला उच्च आम्दानी गर्नेहरुकै पक्षमा सरकारले ल्याएको कर नीतिको सत्तारुढ दलकै कयौं सांसदसमेतले विरोध गरेका थिए । चौतर्फी विरोधबीच पनि आफ्नो घोषणामा अडान राख्दै आएको सरकारले अचानक ‘यू टर्न’ लिंदै नीति फिर्ता लिएको हो। आइतबार मात्रै पनि प्रधानमन्त्री ट्रसले घोषित नीतिमा पुनर्विचार हुन नसक्ने बताएकी थिइन् ।

सरकारले पछिल्ला आर्थिक नीतिहरु घोषणा गरेसंगै बेलायती अर्थतन्त्रमा थप अस्थिरता उत्पन्न भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!