बेलायतमा सकियो फन रन

SHARE:

लन्डन १० अक्टोबर २०२२ । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) आयोजनामा बेलायतमा १० के र २ के (फन रन) सम्पन्न भएको छ ।

ब्ल्याक वाटर भ्याली रनर्सको सहकार्य र रसमुर बरो काउन्सिलको विशेष सहयोगमा ९ अक्टोबर आइतबार दौड भएको हो । बिहान १० बजे सुरु भएको १० के रनका लागि ६३७ जनाले नाम दर्ता गराएका थिए । त्यसमा दौड्ने नेपाली भने करिब ७० जना थिए । टेन के रनमा नेपाली सन्देश राईले दोस्रो स्थान जित्न सफल भएका छन् । १० के रन सफल गर्नेलाई मेडल दिइएको थियो भने दर्ता गर्नेले टिसर्ट पाए । त्यसैगरी २ के फन रन गर्नेले पनि मेडल पाए ।

टेन के रन अल्डरसटको क्वीन्स एभिन्यूबाट सुरु भएर बेजिङस्टोक क्यानल, वेस्ली ट्रेल हुँदै अल्डरसट रग्बी स्टेडियममा आएर अन्त्य भएको थियो । बिहान १०:१५ बजे सुरु भएको २ के फन रनमा करिब सय जना सहभागी भए । दौडमा नेपाली समुदायका नेता र धावकहरुको उत्साहजनक उपस्थिति रहेको जीआरएनसीका अध्यक्ष मान गुरुङले जनाए ।

अध्यक्ष गुरुङले मार्सल, बिभी आर रनर, धावकलाई टिसर्ट प्रायोजन गर्ने पीपल मोर्गेज र मार्सलहरुलाई खाना प्रायोजन गर्ने शिव कल्चरल सेन्टरप्रति आभार व्यक्त गरे । दौडका माध्यमबाट स्थानीय समुदायसंग अन्तरघुलन र मानिसहरुलाई स्वास्थ्य रहन प्रेरित गर्ने विश्वास अध्यक्ष गुरुङको छ ।

दौडमा जीआरएनसीका तर्फबाट उपाध्यक्ष उत्तरबहादुर गुरुङले संयोजन गरेका थिए भने सहसंयोजक तथा महासचिव डा. विशाल गुरुङ र सल्लाहकार मेघ गुरुङले पनि विशेष योगदान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!