तमु प्ये ल्हु संघ यूकेको कल्याणकारी रात्रिभोजमा ​४८ हजार ३७७ पाउन्ड संकलन

SHARE:


लन्डन १४ अक्टोबर । तमु प्ये ल्हु संघ यूकेको सामूहिक भवन निर्माण तथा कोइँबो धिँ परियोजनाका लागि आयोजित कल्याणकारी रात्रिभोजमा ​४८ हजार ३७७ पाउन्ड संकलन भएको छ ।

गत ८ ओक्टोबर २०२२ का दिन भएको रात्रिभोज कार्यक्रममा विभिन्न संघ संस्थाहरुबाट उपस्थित पाहुना, संघका सदस्यहरुबाट सामूहिक भवन निर्माण तथा कोइँबो धिँ परियोजनालाई सफल पार्न स्वेच्छाले उक्त रकम सहयोग भएको तमु प्ये ल्हु संघ यूकेले जनाएको छ । त्यसक्रममा तमु प्ये ल्हु संघ यूकेका आमा समूहले सामूहिकरुपमा ३० हजार ५ पाउन्डको चेक भवन निर्माण समितिका संयोजक र संघका अध्यक्षलाई हस्तान्तरण गरेको थियो ।

त्यसैगरी सामूहिक भवन निर्माण तथा कोइँबो धिँ परियोजना सहयोगका लागि संघका सदस्यहरुले बोलेको रकम ८ हजार १७७ पाउन्ड अन्य दाता र अतिथि पाहुनाहरुबाट गरी जम्मा ४८ हजार ३७७ पाउन्ड संकलन गर्न सफल भएको जनाइएको छ ।

सहयोगीहरुलाई संघका प्रमुख सल्लहाकार तथा भवन निर्माण संयोजक र संघका अध्यक्षले पालैपालो फेटा, क्रमु र भाँग्रा ओढाई फूल र प्रमाणपत्र दिएर सम्मान गरेका थिए ।

तमु प्ये ल्हु संघ युके च्यारिटी आयोगमा दर्ता भएपश्चात् हरेक वर्ष च्यारिटी आयोजना गर्दै आइरहेको छ । दिउँसो ४ बजेबाट सुरु भएको कार्यक्रम तमु प्ये ल्हु संघ युकेका महासचिव भवानी च्हम्रु तमुले सन्चालन गरेका थिए । उनले आमन्त्रित पाहुनाहरुको आगवनपश्चात् सबै पाहुनाहरुलाई आसन ग्रहण गराएका थिए । कार्यक्रमलाई शुभमुहूर्त दिँदै पच्यु पैँडी चिवा यारजङ क्रोम्छैँ तमुले प्ये मन्त्रअनुसार उपस्थित सम्पूर्ण महानुभावहरुको जिउ रोकबार गर्नेजस्ता तान्त्रिक रुपमा संरक्षण गर्ने काम गरेका थिए भने क्ल्हेप्री गुरु हिरा म्होब्छेँ तमुले टशीँमाँला दिएर शुभआशीर्वाद दिएका थिए । त्यसलगत्तै पच्यु पैँडी चिब यारजङ क्रोम्छैँ तमु, क्ल्हेप्री चिवा दानबहादुर म्होब्छेँ तमु, तमु प्ये ल्हु संघ युकेका प्रमुख सल्लाहकार मेजर रिटायर्ड खुशीमान ल्हेँगे तमु एमभिओ, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष रनबहादुर टु क्ल्हेप्री तमु, तमु प्ये ल्हु संघ युकेका आमा समूहका अध्यक्ष बिष्णु टु क्ल्हेप्री तमु, तमु धिँ युकेका अध्यक्ष हित काजी तमु र एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरद्वारा संयुक्तरुपमा कोहिँबोको प्रतिमा अगाडि धुप बत्ती बालेर कार्यक्रमलाई उद्घाटन गरेका थिए ।

त्यसलगत्तै कल्याणकारी रात्रिभोजका संयोजक तथा तमु प्ये ल्हु संघ युकेका द्वितीय उपाध्यक्ष्य खेम सर्बुजा तमुले उपस्थित सम्पूर्ण पाहुनाहरुलाई स्वास्थ्य तथा सुरक्षा सम्बन्धित महत्वपूर्ण कुराहरुको बारेमा जानकारी गराउँदै स्वागत गरेका थिए । त्यसैगरी तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन तथा कोहिँबो धिँ निर्माणका संयोजक रिटायर्ड मेजर एकबहादुर ल्होँ तमु, खेगी समितिका संयोजक रिटायर्ड क्याप्टेन देवराज ङ्होब्छैँ तमु र युवा संयोजक धर्म कुप्छैं तमु, उनीहरुले आ-आफ्नो क्षेत्रबाट चाल्दै आइरहेको प्रक्रियाको प्रगति र खेल्दै आइरहेको भूमिकाहरुको बारेमा विस्तृतरुपमा जानकारी गराएका थिए ।

त्यस्तै प्रकारले संघका प्रमुख सल्लाहकार रिटायर्ड मेजर खुशीमान ल्हेँगे तमु एमभिओ तथा प्ये ल्हु संघ युकेका अध्यक्ष रनबहादुर टु क्ल्हेप्री तमुले संघको उद्देश्यअनुसार अगाडि बढाइएका थुप्रै परियोजनाहरुमध्ये मुख्य ३ वटा परियोजनाहरु जस्तै, सामुदायिक भवन तथा कोहिँबो धिँ निर्माण कार्य, तमु जातिहरुको मौलिक धर्म संस्कार संस्कृति तथा प्ये ताँ ल्हु ताँ अनि धर्म गुरुहरुको संरक्षण संवर्द्धन, लेखन तथा प्रशिक्षण र भाबी पुस्ताका युवाहरुको पुनर्जागरण तथा परिचालन गर्ने जस्ता महत्वपूर्ण कुराहरुलाई बढी प्राथमिक्ता दिएर अगाडि बढिरहेको जानकारी गराउँदै यसमा सबैको ठूलो जिम्मेवारी रहेको बताए । र यसलाई सफलतापूर्ण सम्पन्न गर्नको निम्ती सबैको ठूलो साथ र सहयोगको उत्तिकै आवश्यक रहेको भन्दै उनले निमन्त्रणालाई स्वीकारेर उपस्थित भएका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, उनीहरुको सम्पूर्ण परिवारलगायत उपस्थित सबै महानुभावहरुलाई स्वागत तथा धन्यवाद ब्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अथिति महानुभावहरुलाई मनोरन्जन गराउन कार्यक्रमको दोस्रो चरणमा मिस युके नेपालद्वय सिर्जना च्हम्रु तमु र दुर्गा योजा तमुले बिभिन्न प्रकारका रमाइला सांस्कृतिक तथा सांगीतिक  कार्यक्रमहरु सन्चालन गरेर कार्यक्रमलाई अगाडि बढाएका थिए । जसमा तमु प्ये ल्हु संघ युकेका आमा टोली दाज्यूभाइ, दिदीबहिनीहरुले बिभिन्न किसिमका रमाइलो नाचहरु प्रस्तुत गरेका थिए भने कार्यक्रमलाई थप मनोरन्ज दिलाउन नेपाल बाट आएका बहुचर्चित कलाकारद्वय तारा श्रीष मगर र भूपेन्द्र थापा मगरले आफ्नो कला प्रस्तुत गरेर उपस्थित सबै पाहुना महानुभावहरुलाई भरपुर मनोरन्जन गराएका थिए ।

सम्मानकै क्रममा आफ्नो कला प्रस्तुत गरी कार्यक्रमलाई भरपुर मनोरन्जन गराउने सम्पूर्ण कलाकारहरुलाई पनि भांग्रा, क्रमु, फूल र प्रमाणपत्रले सम्मान गरिएको थियो भने गायिका तारा श्रीष मगरले पनि तमु प्ये ल्हु संघ यूकेलाई मायाको चिनो दिएकी थिइन् । सोही क्रममा तमु प्ये ल्हु संघ युकेका पूर्वभवन निर्माण संयोजक तथा सल्लाहकार क्याप्टेन डेमबहादुर योजा तमुको निर्देशनमा तयार पारिएको “ङ्यो तमु मैँ खनै ह्याले, खनै टिल्हे कोहिँबो धिँ ललतुमो” भन्ने गीतको बोलमा आफ्नो सुरिलो स्वरले साथ दिई सहयोग गरेकोमा गायिका तारा श्रीषमगरलाई क्याप्टेन डेमबहादुर योजा तमु र उनकी श्रीमतीले क्रमु र फूलले सम्मान गरेका थिए ।

कार्यक्रमलाई सफल पार्नको निम्ति बिहानैदेखि आ-आफ्नो क्षेत्रबाट खटिएर सहयोग गर्ने संघका सम्पूर्ण सदस्यहरुमा कार्यक्रम संयोजक द्वित्तीय उपाध्यक्ष्य खेम सर्बुजा तमु, महासचिव भवनी च्हम्रु तमु, स्वागतद्वारमा खट्टिएका कोषाध्यक्ष्य याम प्हच्यु तमु तथा उनका सम्पूर्ण सहयोगी सदस्य साथीहरु, उक्त दिनमा अहिलेको नयाँ प्राविधिकको माध्यमबाट हल भित्र भइरहेको सम्पूर्ण कार्यगतिबिधिहरुको विस्तृतरुपमा छायांकन गरिरहने सहायक मिडियाकर्मी ईन्द्रेश ङ्होब्छैँ तमु, सहयोगी दाताहरुको लागि प्रमाणपत्र तयार पार्ने र सबै हिसाब किताब राख्ने उज्ज्वल टु क्ल्हेप्री तमु, भेगलाल च्य्हाक्ली तमु र उनीहरुको सम्पूर्ण सहयोगी सदस्य साथीहरु, बिहानैदेखि हल सजिसजावटतर्फ साथ र सहयोग दिने आमा समूहका सम्पूर्ण दिदीबहिनीहरु, गोर्खा मिडिया तथा तमु प्ये ल्हु संघ युकेका मिडियाकर्मी भिडियो फोटोग्राफर मिलन ल्हेँगे तमु, तमु प्ये ल्हु संघ युकेका मिडिया संयोजक भिडियो फोटोग्राफर नेत्र टु क्ल्हेप्री तमु, खाना व्यवस्थापनतर्फ खाना व्यवस्थापन संयोजक सदस्यहरु, सुरक्षा व्यवस्थापन संयोजक सदस्यहरु सबैलाई धेरै धेरै धन्यवाद दिँदै बेलुकीको ११ बजे कार्यक्रम समापन भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!