
लन्डन १५ अक्टोबर २०२२ । चार्ल्टन नेपाली समाज यूकेले दशैंतिहार शुभकामना साँझ आयोजना गरेको छ ।
दशैं, तिहारसहितका सम्पूर्ण नेपाली पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गर्न आइतबार अक्टोबर १६ को दिन कार्यक्रम गरिने भएको हो ।
स्थानीय मेरिडियन स्पोर्टस क्लबमा विविध मनोरञ्जनात्मक कार्यक्रमसहित दशैंतिहार शुभकामना साँझ गर्न लागिएको समाजका कार्यवहाक अध्यक्ष प्रकाश कंडेलले जानकारी दिए । उका अनुसार त्यस अवसरमा दशैंतिहार शुभकामना आदानप्रदानका साथै चर्चित गजल गायक राज सिग्देलको सांगीतिक प्रस्तुति र स्थानीय कलाकारका सांस्कृतिक कार्यक्रम प्रस्तुति हुनेछ ।
साथै, कार्यक्रमका सबै सहभागीहरुबीच सामूहिक देउसीभैलो खेलेर मनोरञ्जन गर्ने योजना पनि छ। साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रम राति ११ बजेसम्म चल्नेछ । एडल्टका लागि १५ पाउन्ड, ५ देखि १० वर्ष उमेर समूहका लागि १० पाउन्ड र ५ वर्ष भन्दा कमकालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।






