लण्डन अक्टोबर १५ ।

नेपाली भलिबल क्लब ‘अल्डरसट भलिबल क्लब’ ले नयाँ नेतृत्व पाएको छ ।
गतसाता तमुधिं भवन मिचेटमा भएको अधिवेशननार्फत् सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । बेलायतकै पुरानो क्लबको नवनिर्वाचित कार्यसमितिमा अध्यक्षको जिम्मेवारी विकास विकले पाएका छन्। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विमल गुरुङ, उपाध्यक्षमा शैलेस राई, सचिवमा विजय राना, उपसचिवमा तारा थापा, कोषाध्यक्षमा महादेव गुरुङ र सहकोषाध्यक्षमा जापान गुरुङ चुनिएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यहरुमा मनोज सुनुवार, मेस पुन, विकास गुरुङ र साकिल गौचनलाई चयन गरिएको छ । अधिवेशनले क्लबको प्रमुख सल्लाहकारमा शेरबहादुर सुनार र हित काजी गुरुङलाई मनोनित गरेको छ। त्यस्तै, संस्थापक अध्यक्ष चन्दन गुरुङ लगायत सल्लाहकार मनोनित भएका छन् । सन २०१६ मा स्थापित क्लबले हरेक वर्ष बेलायतव्यापी भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। त्यसबाहेक क्लबले विभिन्न समयमा नेपालमा समस्यामा परेका खेलाडीहरुलाई सहयोग पनि प्रदान गरेको छ ।
क्लबका नवनिर्वाचित अध्यक्ष विकास विकले आगामी दिनमा बेलायतका नेपालीहरुमाझ भलिबल खेल र खेलाडीहरु समेतलाई प्रोत्साहन गर्नमा आफूहरु थप सक्रिय रहने अठोट व्यक्त गरेका छन् ।






