अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको अध्यक्षमा सुमित्रा लाबुङ्ग राई

SHARE:

लन्डन १८ अक्टोबर २०२२ । नेपाल समाजवादी पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज यूके गठन भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जसपाबाट बाहिरिएर नेसपा बनाएपछि समाज पुनगर्ठन गरिएको नवनियुक्त अध्यक्ष सुमित्रा लाबुङ्ग राईले बताइन् ।

‘हामीले यो पार्टीमा समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको विचार र सिद्धान्तमा अब्बल भएको मनन गरेका छौं’, अध्यक्ष लाबुङ्ग राईले संगठनको पहिलो बैठकको निष्कर्ष सुनाइन् । उनका अनुसार बेलायतको नयाँ कार्यसमिति ५१ सदस्यीय भएको छ ।

पदाधिकारीहरुमा उपाध्यक्ष कृष्ण गैरे, कुमार घले, थम विश्वकर्मा, हेम गुरुङ, हिमकुमारी गुरुङ, महासचिव सुरोज मास्के, कोषाध्यक्ष धनकाजी गुरुङ चयन भएका छन् । यस्तै ९ जना सल्लाहकार समेत चयन गरिएको छ ।
डा. भट्टराईले नयाँ शक्ति नेपालमा पार्टी गठन गरेका बेला यही समाजका नामबाट बेलायतमा संगठन क्रियाशील थियो । अध्यक्ष लाबुङ राई त्यस बेला उपाध्यक्ष थिइन् ।

पार्टी एकीकरण भई समाजवादी, जनता समाजवादी हुँदा नेपाली समाज बेलायत बनेको थियो । त्यस क्रममा पनि आफूले उपाध्यक्षकै जिम्मेवारी सम्हालेको अध्यक्ष लाबुङ राईले सुनाइन् ।

समाज पुनर्गठन बैठकलाई पार्टी अध्यक्ष डा. भट्टराईले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । उनले प्रवासिएका नेपालीको नागरिकतालाई निरन्तरता दिनुपर्ने, उनीहरूले नेपालमा मताधिकार पाउनुपर्ने धारणा व्यक्त गरेका थिए । भूतपूर्व गोर्खा सैनिकमाथि हुँदै आएको विभेदको अन्त्य हुनुपर्ने उनको भनाइ थियो । उनले विदेशमा सिकेको ज्ञान, प्राप्त अनुभवलाई नेपालमा आएर देशको विकासमा लागू गर्न आग्रह गरेका थिए ।

प्रदेश इन्चार्ज जीएस गुरुङ, प्रदेश अध्यक्ष धनबहादुर गुरुङ, उपाध्यक्ष डाक्टर दिलीप यादव, पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य चन्द्र गुरुङ, केन्द्रीय सदस्य सकुन गुरुङले, डाक्टर भट्टराईको भिजनबाट देशलाई विकासको मार्गमा डोर्‍याउन सकिने कुरामा जोड दिने बताएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!