बेलायती संसद्‌मा मनाइयो दीपावली

SHARE:

लण्डन अक्टोबर १८ ।

बेलायती संसद्‌मा सोमवार यो वर्षको दीपावली मनाइएको छ ।

वेस्टमिन्स्टर प्यालेसमा रहेको स्पीकर हाउसमा दीपावली आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न हरे कृष्ण मन्दिरका पुजारीहरूले बेलायतको संसद् परिसरमा दीपावली समारोहमा मैनबत्ती बालेर शान्ति प्रार्थना गरेका छन् । सो समारोह सोमबार साँझ वेस्टमिन्स्टरको प्यालेसभित्र रहेको स्पिकर हाउसको स्टेट रुममा भएको थियो । संसद् परिसरमा आयोजित दीपावली कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसद, कूटनीतिज्ञ, सामुदायिक नेता तथा इस्कोन इन्टरनेशनल सोसाइटी फर कृष्णा कन्शियसनेसका प्रतिनिधिहरू सहभागी थिए ।

कमन्सका अध्यक्ष सर लिन्ड्से होयलले भने, ‘म यहाँ र विश्वभरका सबै समुदायले शान्तिपूर्ण र रमाइलो गरी दीपावली मनाऊन् भन्ने कामना गर्छु।’ विपक्षी दल लेबर पार्टीका नेता सर कीयर स्टारर, भक्तिवेदान्त मनोर इस्कोन मन्दिरका अध्यक्ष विशाखा दासी, लेबर सांसद वीरेन्द्र शर्मा र लिबरल डेमोक्र्याट हाउस अफ लर्ड्सका सहकर्मी नवनीत ढोलकियाले ‘ॐ शान्ति’ वाचन गरी प्रार्थना गर्दै मैनबत्ती बालेका थिए ।

कन्जरभेटिभ पार्टीका सांसद र कार्यक्रमका सह-आयोजक शैलेश वाराले भने, ‘अध्यक्षको स्टेट रुममा कार्यक्रम हुनु प्रतिष्ठाको विषय हो। हामीले वेस्टमिन्स्टर प्यालेसमा हिन्दू धर्मावलम्बीको सबैभन्दा महत्त्वपूर्ण पर्व दीपावली मनाउँदै छौँ। यो बेलायतको विविधता हो । यो हाम्रो विविधताको बारेमा बाँकी विश्वलाई सन्देश पनि हो।’ लेबर दलका सांसद नवेन्दु मिश्रले बेलायती अर्थतन्त्रको विकासमा हिन्दू समुदायको ठूलो योगदान रहेको चर्चा गरे।

दीपावली कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य‚ भारतीय उप उच्चायुक्त सुजित घोष‚ युगाण्डाकी उच्चायुक्त निमिषा माधवाणी लगायत सहभागी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!