बेलायती कन्जरभेटिभ पार्टीको नेतृत्वको विषयमा बोरिस जोन्सन र ऋषि सुनकबीच भेटवार्ता

SHARE:

लण्डन अक्टोबर २३ ।

बेलायती कन्जरभेटिभ पार्टीको नेतृत्वको विषयमा प्रतिद्वन्द्वी बोरिस जोन्सन र ऋषि सुनकबीच भेटवार्ता भएको छन् ।

पार्टीको बिग्रदो छवि र देशको अस्थिर राजनीतिक अवस्थाका बीच प्रमुख नेताहरू बीच भएको वार्तालाई विशेष चासको रूपमा हेरिएको छ। दुवै नेताहरू निवर्तमान प्रधानमन्त्री लिज ट्रसलाई नेतृत्वबाट विस्थापित गराउँने दौडमा सार्वजनिक भने भएका छैनन् । ट्रसको राजीनामा घोषणापछि उनीहरूको कुनै टिप्पणी बाहिर आएको छैन ।

बढ्दो आक्रोश र राजनीतिक अस्थिरताका बीच क्याबिनेट सदस्य पेनी मोर्डन्टले भने औपचारिक रूपमा पार्टी नेतृत्वको दावी गर्दै यसका लागि आफू सक्षम रहेको समेत घोषणा गरेका छन् ।

पूर्व प्रधानमन्त्री जोनसन र पूर्व अर्थमन्त्री सुनकले टोरी सांसदहरूको मतदानको सामना गर्न आवश्यक १०० मत सुरक्षित गर्न सोमबारको समयसीमा अघि कन्जरभेटिभ सहकर्मीहरू बीच तीव्रताका साथ लबिङ गरिरहेको बताइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!