खेन्पो शीर लामाको प्रवचनमा बीसीसी युकेद्वारा लामा गुरुहरुको स्वागत तथा बिदाई

SHARE:

पूर्ण गुरुङ

लण्डन २५ अक्टोबर २०२२ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा बेलायत भ्रमणमा रहेका गुरुङ लामा बौद्ध एशोसिएसन नेपालका अध्यक्ष खेन्पो शीर लामा गुरुङको स्वागत गरेको छ । गत आइतबार २३ अक्टोबरका दिन अल्डरसटस्थित बीसीसी युकेले अल्डरसटस्थित गुम्बामा उनको स्वागत गरिएको हो । त्यस्तै, बीसीसी युकेको निमन्त्रणामा हालै बेलायत आएका सेचेन गुम्बाका खेन्पो टासी छिरिङ्गलाई समेत औपचारिक रुपमा स्वागत गरिएको थियो । साथसाथै, बीसीसी युकेकै निमन्त्रणामा भुटानबाट गत जुनमा बेलायत आएका खेन्पो केल्जङ्ग दोर्जीलाई बिदाई र बेलायत भ्रमणमा रहेको लामा सोनाम शेर्पालाई स्वागत गरिएको थियो ।

सो अवसरमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, आमा अध्यक्ष उर्मिला गुरुङलगायत कार्यसमितिका पदाधिकारी, आमा, सल्लाहकार, भक्तजन एवं शुभचिन्तकहरुले खेन्पो शीर लामालगायत गुरुहरुलाई खादा लगाई स्वागत गरेका थिए । साथसाथै, बीसीसी युके अध्यक्ष तामाङ्ग, आमा अध्यक्ष गुरुङ, आमा सचिव शारदा गुरुङ, सहकोषाध्यक्ष तुल्सी घलेलगायतले खेन्पो शीर लामा र खेन्पो केल्जङ्गलाई बीसीसी युकेको लोगो अंकित मायाको चिनो प्रदान गरे ।
कार्यक्रममा खेन्पो शीर लामाले ञ्युङ्ने ब्रतबारे प्रवचन दिदैं सो ब्रत बस्नले कल्पौंको पापशोधन र पुन्य संचय हुनुका साथसाथै सिंगो प्राणी जगतमा शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दिर्घायू प्राप्त हुने विश्वास व्यक्त गरे । उक्त पूजामा बीसीसी युकेका टुल्कु जिग्ने सामतेन, खेन्पो टासी छिरिङ्ग र खेन्पो केल्जङ्ग दोर्जीको समेत सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बुद्धिष्ट गुम्बा रेडिङ्गका अध्यक्ष इन्सपेक्टर खेम बहादुर गुरुङ, सोही संस्थाकी आमा प्रमुख, तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, पूर्व अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, तमु फोरमका अध्यक्ष क्याप्टेन राजु गुरुङ, बौद्ध दह संस्कार स्थल धरानकाख अध्यक्ष कर्ण बहादुर गुरुङको बिशेष उपस्थिति रहेको रहेको थियो । त्यस्तै, बीसीसी युकेका उपाध्यक्ष आङ्गदावा शेर्पा, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ बिईमएम, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, निवर्तमान आमा अध्यक्ष पुष्पा गुरुङ, बीसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्ग, बीसीसी युके आमाहरु, ट्रष्टीज, सल्लाहकार, आजीवन सदस्यलगायत भक्तजन एवं शुभचिन्तकहरुको समेत उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष हर्क गुरुङले बीसीसी युकेको बारे जानकारी गराउँदै स्वागत मन्तब्य दिएका थिए भने  महासचिव क्याप्टेन देब घलेले कार्यक्रम संचालन गरेका थिए ।
स्मरण रहोस्, खेन्पो शीर लामा गुरुङ, डायमण्ड बुद्धिष्ट सेन्टर (डीबीसी) युकेका प्रमुख लामा हुन् भने उनी डीबीसीकै निमन्त्रणामा बेलायत आएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!