ऋषि सुनक बेलायतको ५७ औँ प्रधानमन्त्री नियुक्त

SHARE:

लण्डन अक्टोबर २५ ।

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बनेका छन् ।

राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बनेका बीबीसीले जनाएको छ । बकिङ्घम दरबारमा भएको भेटमा राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेका हुन् । सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुन् । ४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बनेका छन् ।

बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक समस्यापछि उनि स्थिरताको वाचासहित पद सम्हाल्न लागेका हुन् । प्रधानमन्त्री लिज ट्रसले कार्यभार सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि सुनक प्रधानमन्त्री बनेका हुन् । यही वर्षको पहिलो पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात हप्तापछि सुनक विजयी भएका हुन् ।

विपक्षीहरूले आम चुनावको माग गरे पनि सुनकले अस्वीकार गर्नुभएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!