प्रेस विज्ञप्ति: नेपाली राजदूतावास, लण्डन

SHARE:

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेशप्रसाद तिमिल्सिनाज्यूले संयुक्त अधिराज्यका हाउस अफ कमन्सका सभामुख सम्माननीय सर लिण्ड्से होयलसँग बेलायती संसद भवनमा भेटवार्ता गरेको सम्बन्धमा एउटा प्रेस बिज्ञप्ति जारि गरेको छ।

                                                            प्रेस विज्ञप्ति
नेपाली राजदूतावास, लण्डन

25 अक्टोबर २०२२। राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेशप्रसाद तिमिल्सिनाज्यूले आज संयुक्त अधिराज्यका हाउस अफ कमन्सका सभामुख सम्माननीय सर लिण्ड्से होयलसँग बेलायती संसद भवनमा भेटवार्ता गर्नुभयो। भेटका अवसरमा उहाँहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरु विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदानप्रदान, भू.पू. गोर्खासम्बन्धी विषयहरुमा विचारहरुको आदानप्रदान भयो।

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका माननीय सदस्य श्री पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उप नियोग प्रमुख उक्त भेटमा सहभागी हुनुहुन्थ्यो।यसै सिलसिलामा हिजो २४ अक्टोबर २०२२ मा बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत्री समूहका अध्यक्ष माननीय श्री वीरेन्द्र शर्माले उहाँको सम्मानमा आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुभयो।सम्माननीय अध्यक्षज्यू बेलायतको एक हप्ताको अनौपचारिक भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्कदै हुनुहुन्छ।

नेपाली राजदूतावास, लण्डन
25 अक्टोबर 2022

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!