भूपू गोर्खाहरुका मागबारे बेलायत र नेपाल सरकारबीचको वार्ता सफल पार्न गेसोले अपील

SHARE:

लण्डन अक्टोबर ३१ ।

भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा बेलायत र नेपाल सरकारबीच हुन लागेको बहुप्रतिक्षित वार्ता सफल पार्न गोर्खा भूतपूर्व सैनिक संघ गेसोले अपील गरेको छ ।

यही नोभेम्वर ३ तारिख बिहीबार हुने वार्ता सफल पार्न दबाब दिने उद्धेश्यले सबै गोर्खा सम्मिलित जी -१० समूहले गर्ने शान्तिपूर्ण प्रदर्शनमा उत्रिन गेसोले आव्हान पनि गरेको छ । गेसो सभापति कृष्णकुमार राईले सोमबार एक वक्तव्य जारी गर्दै उक्त दिन बिहान १० बजे लन्डन ट्राफल्गर स्क्वायरमा भेला हुन भूपू गोर्खा एवम् शुभेच्छुकहरुलाई अपील गरेका छन् ।

सभापति राईले गोर्खाहरुमाथि भएको ऐतिहासिक विभेद अन्त्य गर्न सरकार स्तरमा हुन लागेको वार्ता महत्वपूर्ण अवसर भएको उल्लेख गरेका छन्। यो समय गोर्खाहरु एक आपसमै आरोप प्रत्यारोप गर्ने नभइ एकजुट भएर वार्ता सफल पार्नेतर्फ जुट्नुपर्ने उनको भनाइ छ । गोर्खा आन्दोलनमा रहेका विभिन्न पाँच संस्था र अनसनकारी अभियन्ता समेतको सहभागितामा निर्देशक समिति बनेको स्मरण गराउँदै सभापति राईले उक्त समितिले वार्तामा गोर्खाहरुको आवाजको प्रतिनिधित्व गराउने विश्वास पनि दिलाएका छन् ।

वार्ताका दिन गोर्खा सत्याग्रह संघर्ष समितिले पनि लन्डनमा शान्तिपूर्ण रुपमा भेला र प्रदर्शन गरी दबाब दिने कार्यक्रम बनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!