गोरखा समस्याबारे नेपाल सरकार र बेलायतबीच द्विपक्षीय वार्ता शुरु

SHARE:

लण्डन नोभेम्बर ३ ।

गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा नेपाल र बेलायत सरकारबीच पहिलो वार्ता शुरु भएको छ ।

वेष्टमिन्स्टरस्थित बेलायतको रक्षा मन्त्रालयमा विहीबार बिहान सो वार्ता शुरु भएको हो । वार्तामा नेपालका तर्फबाट बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार रहेका थिए । बेलायती पक्षबाट डिफेन्स पिपल, भेट्रान्स एण्ड सर्भिस फ्यामिलिज मन्त्री डा। आन्ड्रयू मोरिसनले नेतृत्व गरेका थिए । गोरखा भूतपूर्व सैनिकहरुका तर्फबाट मेजर रिटायर्ड जुदबहादुर गुरुङ, अनसनकारीद्वय धनबहादुर गुरुङ र श्रीमती पुष्पा घले राणा सहभागी भएका थिए ।

वार्तापछि नेपाली दुताबासकी प्रवक्ता उपनियोग प्रमुख रोशन खनालले पहिलो बैठकमा नेपालका तर्फबाट सबै कुराहरु राखेको र बेलायतका तर्फबाट वार्तामा नेतृत्व गर्ने मन्त्रीले आफू भर्खरै नियुक्त भएकाले सबै कुराहरुको अध्ययन गर्ने बताए । पहिलो वार्ता सकारात्मक भएको र नोभेम्बरको तेस्रो सातामा अर्को बैठकको मिति तोक्ने सहमति भएको खनालले जनाए ।

वार्तापछि रक्षा मन्त्रालयबाहिर भेला भएका गोरखाहरुलाई सम्बोधन गर्नै मेजर रिटायर्ड जुदबहादुर गुरुङले बेलायती पक्षले पेन्सनलगायतका विषयमा कुरा गर्न नचाहेको खाली वेलफेयरका बारेमा मात्र कुरा गर्न चाहेको तर आफूहरुले पेन्सनलगायत सबै विषयमा वार्ता गर्न माग गरेको बताए । नेपाली राजदुतले पनि गोरखाहरुको सबै विषयमा वार्ताका लागि बेलायती पक्षलाई अनुरोध गरिएको गुरुङले जानकारी दिए ।

त्यसपछि भने बेलायती पक्षको नेतृत्व गरेका मन्त्री मोरिसनले आफू नयाँ मन्त्री भएकोले यी विषयहरुमा अध्ययन गर्ने केही समय दिन अनुरोध गरेका थिए ।
बैठकमा अनसनकारीद्वय धनबहादुर गुरुङ र पुष्पा राणा घलेले गोरखाहरुको सबै विषयमा वार्ता नगर्ने हो भने आफूहरु आमरण अनसन बस्न तैयार रहेको बताएपछि बेलायती पक्षले आमरण अनसन नबस्न भनेको पनि घलेले भेला भएका गोरखाहरुलाई बताइन् ।

गोरखा भूतपूर्व सैनिक संघ ९गेसो० का उपसभापति धर्मबहादुर तामाङले बेलायती पक्षले फेरि पनि पुरानै अडान दोहोर्याएको सुन्दा शुरुमा सकारात्मक नलागे पनि बैठकको निस्कर्षमा मन्त्रीले पुन सबै विषयहरुमा अध्ययन गर्ने, बुझ्ने बताएकाले केही आशावादी भएको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!