प्रेस विज्ञप्ति: नेपाली राजदूतावास, लण्डन (G to G वार्ता सम्पन्न)

SHARE:

प्रेस विज्ञप्ति

3 नोभेम्बर 2022 – नेपाली राजदूतावास, लण्डन

आज संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा राज्य मन्त्री सम्माननीय डा. एन्ड्रिउ मरिसन Minister for Defence People, Veterans and Service Families. Rt Hon Andrew Murrison MD MP तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यबीच भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर(अ.प्रा.) जुदबहादुर गुरुङसमेतको सहभागितामा भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा पहिलो वैठक सम्पन्न भयो।वैठकमा नेपाल सरकारको तर्फबाट महामहिम ज्ञानचन्द्र आचार्यले भूपू गोर्खाका लागि ब्रिटिश सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अङ्गभङ्ग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यहरु लगायत समाधान गर्न बाँकी रहेका मागहरुका आफ्नो अवधारणा राख्नुभयो। साथै उक्त विषयहरुमा भूपू गोर्खाहरुको तर्फबाट श्री जुदबहादुर गुरुङले थप कुराहरु राख्नुभयो। ब्रिटिश सरकारको तर्फबाट रक्षा राज्य मन्त्रीले आफूले यी विषयमा विस्तृत अध्ययन तथा परामर्श गरी पुनः अर्को बैठकमा छलफल गर्ने बताउनुभयो। बैठकमा नेपाल सरकारका तर्फबाट महामहिम राजदूत सहित नेपाली राजदूतावासका उप-नियोग प्रमुख श्री रोशन खनाल, सैनिक सहचारी महासेनानी श्री रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट श्रीमती पुष्पा राणा घले, श्री धनबहादुर गुरुङ तथा बेलायतको सरकारको तर्फबाट रक्षा राज्यमन्त्रीसहित रक्षा मन्त्रालय एवं अन्तर्गतका बिभिन्न पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो।

नेपाली राजदूतावास, लण्डन
3 नोभेम्बर 2022

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!