गोर्खाहरुको माग सम्बोधनका विषयमा पुन: अर्को बैठकमा छलफल गर्ने बेलायती रक्षा राज्यमन्त्रीको भनाई

SHARE:

लण्डन नोभेम्बर ५ ।

बेलायती रक्षा राज्यमन्त्री डा. एन्ड्रिउ मरिसनले गोर्खाहरुको माग सम्बोधनका विषयमा पुन: अर्को बैठकमा छलफल गर्ने बताएका छन् ।

नेपाल सरकार, बेलायत सरकार र ब्रिटिस गोर्खाका प्रतिनिधिबिच बिहीबार भएको प्रथम चरणको वार्तामा राज्यमन्त्री मरिसनले मागका विषयमा विस्तृत अध्ययन तथा परामर्श गरी पुनः अर्को बैठकमा छलफल गर्ने बताएको नेपाली राजदूतावास लन्डनले विज्ञप्तिमार्फत जनाएको छ ।

ुआज संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा राज्यमन्त्री सम्माननीय डा. एन्ड्रिउ मरिसन तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यबीच भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर ९अ.प्रा. जुदबहादुर गुरुङ समेतको सहभागितामा भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा पहिलो बैठक सम्पन्न भयो,ु दूतावासको विज्ञप्तिमा लेखिएको छ, ुबैठकमा नेपाल सरकारको तर्फबाट महामहिम ज्ञानचन्द्र आचार्यले भूपू गोर्खाका लागि ब्रिटिश सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अङ्गभङ्ग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यहरु लगायत समाधान गर्न बाँकी रहेका मागहरुका आफ्नो अवधारणा राखे ।

साथै उक्त विषयहरुमा भूपू गोर्खाहरुको तर्फबाट जुदबहादुर गुरुङ्गले थप कुराहरु राखे । ब्रिटिस सरकारको तर्फबाट रक्षा राज्य मन्त्रीले आफूले यी विषयमा विस्तृत अध्ययन तथा परामर्श गरी पुनः अर्को बैठकमा छलफल गर्ने बताए । बैठकमा नेपाल सरकारका तर्फबाट राजदूतसहित नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट पुष्पा राणा घले, धनबहादुर गुरुङ तथा बेलायतको सरकारको तर्फबाट रक्षा राज्यमन्त्रीसहित रक्षा मन्त्रालय एवं अन्तर्गतका विभिन्न पदाधिकारीहरु सहभागी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!