नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको बार्षिक साधारण सभा सम्पन्न

SHARE:

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको बार्षिक साधारण सभा सम्पन्न

०५ नोभेम्बर २०२२ – बेलायत। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेको बार्षिक साधारण सभा बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा सम्पन्न भएको छ। सो साधारण सभामा फोनिज युकेले सल्लाहकार तथा बरिष्ठ पत्रकार हरि कुमार गुरुङ (काजी) फोनिज युकेद्वारा संचालित “फोनिज युके पत्रकारिता सम्मान” द्वारा सम्मानित भएका छन भने अर्का चलायमान पत्रकार अमित थेबे (मिहाङ) “फोनिज युके उत्कृष्ट पत्रकार पुरष्कार” द्वारा समानित भएका छन। पत्रकार मिहाङले £१०१ नगदसहित सम्मानपत्रद्वारा सम्मानित भएका छन। सो नगद पुरुष्कार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले प्रायोजन गरेका थिए। सो साधारण सभामा नयाँ सदस्यहरु तथा पत्रकारहरु किरण राई, रमेश राई र टेक माबोलाई फोनिज युकेमा स्वागत गरेको थिए ।

त्यस्तै नेफिन युकेका सल्लाहकार दुत पुन (चिम्खोले काईला) ले नेफिन युकेलाई बिशेष योगदान पुर्याएबापत र लक्ष्मी जोलर्सका प्रबन्ध निर्देशक लक्ष्मी राईले बिशेष आर्थिक सहयोग पुर्याएबापत नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले “नेफिन युके समान” द्वारा समानित गरेका थिए ।

साधारण सभामा निबर्तमान अध्यक्षहरु विश्वासदीप तिगेला र प्रमिला लाबुङ राई, प्रमुख अतिथि नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, सल्लाहकारहरु एकिन्द्र गुरुङ, मिलन तमु, चिम्खोले काईला, जमुना पुन, सुनिल राना, नेपाल चलचित्र कलाकार संघ युकेका अध्यक्ष रोमियन लिम्बु, लक्ष्मी जोलर्सका प्रबन्ध निर्देशक लक्ष्मी राई, पत्रकार किरण राई, ग्लोबल दैनिकका सह सम्पादक बिमला लिम्बु, बेलायतका चलायमान पत्रकार अमित थेबे (मिहाङ) ले शुभकामना मन्तब्य दिएका थिए।

शुभकामना मन्तब्य दिनेक्रममा बरिष्ठ पत्रकारहरु बिश्वासदिप तिगेला, हरि कुमार गुरुङ (काजि), एकिन्द्र गुरुङ र मिहाङले आदिवासी जनजाति बेलायती पत्रकारहरु तथा पत्रकार सस्थाहरुको इतिहाँसदेखि बर्तमानसम्मको अबस्था र योगदानको बारेमा प्रकाश पारेका थिए भने सम्मानित पत्रकारहरुले नेफिन युके र फोनिज युकेले सम्मान गरेमा हार्दिक धन्यवाद दिएका थिए।

फोनिज युकेको अध्यक्ष गोमा रानाले अध्यक्षता गरेको बार्षिक साधारण सभाको प्रमुख अतिथि नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा थिए। उक्त साधरण सभामा संस्थाका सचिब लिला सेलुङ माबोले स्वागत मन्तब्य राख्दै तथा कार्यक्रम संचालन संचालन गरेका थिए ।

बार्षिक साधारण सभामा फोनिज युकेका अध्यक्ष गोमा रानाले संस्थाका प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रुश्तुत गरेका थिए भने उक्त प्रश्तुत प्रतिवेदनलाई उपस्थित सदस्यहरुले तथा सर्बसम्मतले पारित गरेको छ। साधारण सभाले सदस्यता शुल्क £२५ लिने पारित भएको छ।

साधारण सभामा नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, निबर्तमान अध्यक्षहरु बिश्वासदिप तिगेला, प्रमिला लाबुंग राई, सल्लाहकारहरु हरि कुमार गुरुङ (काजि) एकिन्द्र गुरुङ, मिलन तमु, चिम्खोले काईला, सुनिल राना, नयाँ सदस्य तथा पत्रकारहरु टेक माबो, किरण राई, रमेश राई, चलचित्र कलाकार संघ युकेका अध्यक्ष रोमियन लिम्बु, लक्ष्मी जोलर्सका प्रबन्ध निर्देशक लक्ष्मी राई, ग्लोबल दैनिकका सह सम्पादक बिमला लिम्बु, बेलायतका चलायमान पत्रकार अमित थेबे (मिहाङ) नेपाल आदिवासी जनजाति युवा महासंघ युकेका उपाध्यक्ष, अन्तराष्ट्रिय मगर मंचका उपाध्यक्ष तथा मगर संघ युकेका उपाध्यक्ष रुद्र थापाको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!