​तमुधिं यूकेले थाल्यो ल्होछार कार्यक्रमको तयारी

SHARE:

लन्डन ६ नोभेम्बर २०२२ । तमूधिं यूके आउँदो ल्होछार कार्यक्रमको तयारी थालेको छ ।

ल्होछार/ल्होसार कार्यक्रमको तयारी र २२ अक्टोबरमा आयोजित डिनर नाइटका विषयमा शनिबार ५ नोभेम्बरका दिन तमुधिं यूकेको भवन मिचेटमा बैठक बसेको हो । अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य राखेका थिए । महासचिव परशु गुरुङले कार्यक्रमको मुख्य विषयमा प्रकाश पारेका थिए ।

बैठको पहिलो चरणमा उपाध्यक्ष एवं संयोजक तुलाराम गुरुङले डिनर नाइटबारे अपडेट गरेका थिए भने आमा समूहकी महासचिव यशोदा गुरुङले पनि केही विषय राखेकी थिइन् । कोषाध्यक्ष कमल गुरुङले आर्थिक विषयमा जानकारी गराए । अध्यक्ष हित काजी गुरुङले डिनर नाइटको विषयमा महत्वपूर्ण भनाइ राखे ।

दोस्रो चरणमा उपाध्यक्ष एवं ल्होछार कार्यक्रम संयोजक जुमकाजी गुरुङले आफ्नो प्रस्तुति राखेका थिए । त्यसपछि बर्सेनि प्रकाशन हुने फ्रेंसी पत्रिका प्रकाशन, ‘डा हर्क अवार्ड २०२२’ का लागि उम्मेदवार छनोट र १२ अधिवेशनका लागि निर्वाचन आयोग चयनको विषयमा छलफल भएको तमुधिं यूकेले जनाएको छ । बैठकमा नेपाल भ्रमण २०२३ को विषयमा समेत छलफल गरिएको थियो ।

अन्त्यमा अध्यक्ष गुरुङले उपस्थितका लागि सबैलाई धन्यवाद दिँदै बैठक समापन गरेका थिए । अर्को बैठक आइतबार १८ डिसेम्बर २०२२ मा दिनको  १ बजे बस्ने तय गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!