बीसीसी लन्डन ब्रान्चको च्यारिटी डिनर नाइटबाट करिब ३२ हजार पाउन्ड संकलन

SHARE:

लण्डन नोभेम्बर ६ ।

बुद्धिस्ट कम्युनिटी सेन्टर बीसीसी लन्डन ब्रान्चको सामाजिक भवन गुम्बा खरिद गर्ने उद्देश्यले आयोजित च्यारिटी डिनर नाइटबाट करिब ३२ हजार पाउन्ड संकलन भएको छ ।

शनिबार ५ नोभेम्बर २०२२ का दिन फेल्थामसभा हलमा आयोजित च्यारिटी डिनरमा उक्त रकम संकलन भएको बीसीसी लन्डन ब्रान्चकी महिला अध्यक्ष तथा कार्यक्रम संयोजक डिलमाया गुरुङले जानकारी दिइन् । तमुधिं यूके आमा समूहले १०१५, लमजुङ समाज आमा समूह यूकेले १००५ र हातेमालो आमा समाज गोर्खाले १००५ दान दिएको र १० हजारभन्दा बढी रकम दिएर ३० जना ट्रस्टी सदस्य बनेको उनले बताइन् ।

संयोजक गुरुङले सामाजिक भवन खरिद अभियान गोर्खा कप, बुद्धजयन्तीबाट सुरु गरिएको जनाउँदै पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको बताइन् । बीसीसी लन्डन ब्रान्चका अध्यक्ष गोपाल तामाङको अध्यक्षता भएको कार्यक्रममा गुरु जिग्मी साम्तेन रुम्पोछे प्रमुख अतिथि थिए । त्यस्तै हन्स्लो काउन्सिलका मेयर काउन्सिलर रिगवीन्डर सिन्धु, निवर्तमान मेयर काउन्सिलर विष्णु गुरुङ, बरोअफ ब्रानेटका पूर्व उपमेयर, काउन्सिलर लक्ष्य गुरुङ, बीसीसी यूकेका अध्यक्ष धर्म तामाङ, तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङ, बीसीसी लन्डन ब्रान्चका संस्थापक अध्यक्ष गम्बरसिं गुरुङ, कार्यक्रम संयोजक डिलमाया गुरुङले दीप प्रज्ज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य र स्वास्थ्य सुरक्षाबारे जानकारी उपाध्यक्ष मोहनजंग गुरुङले दिएका थिए । नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो भने १ मिनेट मौनधारण गरिएको थियो । प्रमुख अतिथि, विशेष अतिथिले संक्षिप्त मन्तव्य राखेका थिए । कार्यक्रममा नयाँ ट्रस्टी सदस्यहरुलाई स्वागत पनि गरिएको थियो । अन्जु श्रेष्ठले होस्ट गरिन् भने सुशील गुरुङ डिजे प्रस्तुत गरे । सहयोगीको नाम हेलिसा गुरुङले वाचन गरेकी थिइन् ।

त्यस्तै राफल ड्र भाग्यशाली चिठ्ठा आयोजना गरिएको थियो । पहिलो पुरस्कार आधा तोला सुन श्री लक्की ज्वेलर्सले प्रायोजन गरेका थिए । दोस्रो पुरस्कार गीफ्ट ह्यम्पर दिदी लन्डन, तेस्रो पुरस्कार इलेक्टिक बफेट सेट सुन्दरी तामाङले र चौथो पुरस्कार संस्थापक आमा अध्यक्ष कमला गुरुङले गरेका थिए । राफल ड्रको सञ्चालन पुनम गुरुङले गरेकी थिइन् ।

कार्यक्रममा सांगीतिक माहोलमा सहभागीहरु नाचेका थिए भने केहीले गीत प्रस्तुत गरे । अध्यक्ष गोपाल तामाङले धन्यवाद मन्तव्यसहित कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!