जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्छ: संयुक्त राष्ट्रसंघ

SHARE:

एजेन्सी नोभेम्बर ८ ।

जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्टमा आयोजित कोप-२७ शिखर सम्मेलनमा यस्तो आह्वान गरेका हुन् । कोभिड महामारीको प्रकोप र युक्रेन–रूस युद्धबाट सकंटग्रस्त विश्व अर्थतन्त्र र यसका असरबारे टिप्पणी गर्दै गुटेर्रेसले यस्ता घटनाक्रमले अन्तरराष्ट्रिय सम्बन्ध नै दबाबमा परेको बताए । मानवताको विकल्प नभएको भन्दै त्यसका लागि सहयोग गर्न पनि सबैलाई अपील गरेका छन् ।

धनी देशहरू र उदीयमान अर्थतन्त्रहरू बीच सम्झौताका लागि आह्वान गर्दै उनले उत्सर्जन घटाई तापक्रम वृद्धिलाई पूर्व–औद्योगिक युग भन्दा माथि १ दशमलव ५ डिग्री सेल्सियसमा कायम राख्नुपर्नेमा जोड दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!