लन्डन । आगामी १२ नोभेम्बर २०२२ शनिबारका दिन अल्डरसटमा च्यारिटी लन्च कार्यक्रम हुने भएको छ ।
‘नोआ आर्क नेपाल ग्लोबल इन्भेष्टमेन्ट युके’ द्वारा च्यारिटी लन्च कार्यक्रम आयोजना गरिने भएको हो । स्वास्थ्य, शिक्षा, खेल, नेपाली कला, संस्कृति, सबै जातजाति, भाषाभाषी, धर्म परम्पराको एउटा भव्य संगमको रूपमा रहेको नेपालको सुन्दरनगरी पोखरामा अन्तर्राष्ट्रिय स्तरको मेघा पर्यटकीय केन्द्र बनाउने पवित्र उदेश्य र भावनाका साथ कार्यक्रम गर्न लागिएको आयोजक ‘नोआ आर्क नेपाल ग्लोबल इन्भेष्टमेन्ट युके’ का संस्थापक डा. नमरजङ गुरुङले बताए ।
उनले कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरे । सहयोगका लागि पनि अनुरोध गरेका छन् । कार्यक्रम एम्पायर हल, हाई स्ट्रीट अल्डरसट युकेमा हुने छ । कार्यक्रम बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म हुने छ ।






