जीआरएनसी यूकेले शनिबार अल्डरसटमा रिमेम्बरयान्स डे मनाउने 

SHARE:

लन्डन १० नोभेम्बर २०२२ । ग्रेटर रशमूर नेपाली कम्मुनिटी (जीआरएनसी) यूकेले रिमेम्बरयान्स डे मनाउने भएको छ । यही नोभेम्बर १२ शनिबार २०२२ का दिन अल्डरसटको प्रिन्सेस गार्डनमा रिमेम्बरयान्स डे मनाइने जीआरएनसीका अध्यक्ष मान गुरुङले जानकारी दिए ।

उनका अनुसार अलडरसटको प्रिन्सेस गार्डन (भीसी)को स्ट्याचुको अगाडि पहिलो र दोस्रो विश्व युद्धमा वीरगति प्राप्त गरेका पुर्खाहरुको सम्झनामा जम्मा भई मौन धारण, पुष्पगुच्छा, लामा र पण्डित, पाइपर, कोहीमा एपिताह पड्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम बिहानको १०:४० मा सुरु भई ११:०० बजे सकाउने लक्ष्य छ । कार्यक्रमको संयोजन सल्लाहकार क्या रि ग्यारी घलेले गरेका छन् भने सहसंयोजक मेजर रि खिम गौचन र महासचिव डा विशाल गुरुङ छन् ।

कार्यक्रममा रुशमूर बोरो काउन्सिलका मेअर काउन्सिल्लर जोहन मार्शल, अल्डरसट ब्यारेक कमान्डर र नेपाली समुदायका नेतृत्वको उपस्थिति रहने अध्यक्ष गुरुङले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!