गोर्खा भीसीहरुको सम्झनामा युद्ध साहित्य गोष्ठी सम्पन्न: विजय हितान – लन्डन

SHARE:

गोर्खा भीसीहरुको सम्झनामा युद्ध साहित्य गोष्ठी सम्पन्न

विजय हितान

लन्डन- शनिवार १२ नोभेम्वर २०२२ को दिन १३ जना गोर्खा भी.सी. को सम्झनामा युद्ध साहित्य गोष्ठी सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासंघ पश्चिम युके, र विश्व नेपाली साहित्य महासंघ दक्षिण युके शाखाहरुको संयुक्त आयोजनामा यो कार्यक्रम भर्चुवल जुममार्फत सम्पन्न भएको छ ।

रिमेम्वरेन्स डे अर्थात पप्पी डे को अवसरलाइ पारेर आयोजना भएको यस कार्यक्रमको प्रमुख संयोजक विजय हितान र सहसंयोजक औतारि साइला हुनुहुन्थ्यो । मुख्यत विगतका युद्धहरुमा सहादत प्राप्त गरेका सैनिकलाइ स्रदान्जली अर्पण गर्दै युद्ध सृजनाहरु वाचन गरेर यो कार्यक्रम गरिन्छ । नेपाल, भारत, इजरायल, हंङकङ, वेलायतबाट चार दर्जन भन्दा बढि ब्यक्तिको सहभागिता रहेको थियो । देश विदेशमा रहनु भएका युद्ध साहित्य अनुरागी, साहित्यमा कलम चलाउने स्रजक, साथै निवृत तथा सेवारत सैनिक र तिनका परिवारको पनि उपस्थिति रहेको थियो ।

युद्ध साहित्यलाई प्रवर्धन गर्ने हेतुले यसपल्ट अन्तरराष्ट्रिय स्तरको युद्ध गित प्रतियोगिता पनि राखिएको थियो । ४२ जना गितकारको सहभागिता रहेकोमा निम्नलिखत व्यक्तिहरु विजयी हुनुभएको छ ।

प्रथम – तिला लेखाली – मोरङ
दृतीय – निनाम प्रणे थुलुङ – काठमान्डौ
तृतीय – गायत्री लम्साल – इटहरी
शान्तवाना – चिमखोले काइला – बेलायत
शान्तवाना – प्रतिमा केसी – बेलायत

शिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानद्वारा गीतको नगद पुरस्कार प्रायोजन गरिएको थियो । गित प्रतियोगिताका निर्णायकमा कलाकार तथा गीतकार शशी थापा सुब्बा र गीतकार भावेश भुमरी हुनुहुन्थ्यो । विजयीहरुको घोषणा युद्ध गित प्रतियोगिताका संयोजक साथै विनेसाम दक्षिण साखा अध्यक्ष थिर थापा र सहसंयोजक गोमा रानाले गर्नुभएको थियो ।

युद्ध साहित्यलाई प्रवर्धन गर्ने मुख्य उदेश्य रहेको यस कार्यक्रममा बृटिश गोर्खा पल्टन, इन्डियन गोर्खा पल्टन, सिंगापुर पुलिस, गोर्खा रिजर्भ यूनिट ब्रुनाई, नेपाली सेना, नेपाल प्रहरीलाई पनि सहभागिताको लागि आधिकारीक निमन्त्रणापत्र पठाइएको थियो । यी संस्थाहरुवाट सर्जक/प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । पल्टनमा खेलकुद तथा गीतसंगितजस्ता अतिरिक्त कृयाकलापलाई प्रोत्साहन दिइन्छ तर साहित्य लेखनलाई प्रोत्साहन दिइन्न । अहिलेको उत्तरआधुनिक युगमा सैनिकमा लेखनको संस्कार बिकास गरियो भने मात्रै युद्धका इतिहास स्वयंम आफैले कोर्न सकिन्छ भन्ने उद्देस्यले गोर्खाली पल्टन र सेना तथा प्रहरीलाइ यो गोष्ठीमा समावेश गर्ने प्रयास गरिएको हो ।

सिर्जना बाचनका साथसाथै युद्ध साहित्यको सिद्दान्त र यसको महत्व बारेमा पनि प्रमुख वक्ताहरुद्वारा गहन विचार पेस गरिएको थियो । हङकङ निवासी ‘आयो गोर्खाली’ पुस्तकका लेखक तथा पुर्व वृटिश गोर्खा सैनिक टीम आई गुरुङले अहिलेसम्म गोर्खालीको विरता मात्रैको इतिहास अरुले लेखिदिएका छन्, अव हामि स्वयंमलेनै हाम्रो योगदानकोबारे लेख्न पर्छ भन्ने विचार ब्यक्त गर्नु भयो । शिलगुढी, भारतबाट निम्त्याइएका अर्का प्रमुख बक्ता नेपाली युद्ध उपन्यासका अध्येता डा. भूपेन घिसिङ्ले युद्ध साहित्य एक योद्धाको जिवनको टिपोट हो भन्नु भयो । वहाँले युद्ध अभिघात, युद्ध विनाश, युद्ध अपराध, साहस र विरता इत्यादि युद्ध साहित्यका तत्वहरु हुन भनि प्रष्ट पार्दै युद्धले सिर्जना गर्ने मानसिक पिडा र आघातलाई साहित्यमा त्यति लेखिएको पाइदैन भन्ने कुरा राख्नु भएको थियो । युकेलाइ आफ्नो कर्मथलो वनाउनु भएका अर्का वक्ता अन्तरराष्ट्रिय सम्वन्धका अध्यता तथा वृटिश गोर्खा सैनिक पूर्व मेजर डा. प्रेमबहादुर आले मगरले २०० बर्ष भन्दा लामो गोर्खालीको इतिहासको संवर्धन र प्रवर्धन अव हामि स्वयंमलेनै लेखेर हुनसक्ने विचार राख्नु भयो ।

स्मरण रहोस, सन २०१९ देखि युद्ध साहित्य गोष्ठि र गत बर्ष २०२१ देखि बेलायतबाट ‘गोर्खा हिष्ट्रि मन्थ’ को सुरुआत गरिएको छ । गोर्खा हिष्ट्रि मन्थ अक्टोवर ११ देखि नोभेम्वर ११ सम्म युद्ध, द्वन्द, गोर्खा, पल्टन, लाहुरे, सैनिक सम्वन्धिका साहित्यिक लेख रचना प्रकाशन साथै यीनै विषयमा परिचर्चा कार्यक्रम गरेर मनाइन्छ । यसै सन्दर्भमा यसै अभियानको नेपाल प्रतिनिधि भिम बिरही राई, भारत प्रतिनिधि सैनिक कवि विशाल केसी, ब्रुनाइ प्रतिनिधि एल एन ठुले, साथै भारतिय गोर्खा भूपू संगठनका केन्द्रिय अध्यक्ष कर्णेल विजय कुमार राई, १ गोर्खा राइफलका गोर्खा मेजर जिवन पुन, डा सुमया राई, मेजर दिल्लिकुमार राईले पनि शुभकामना मन्तव्य दिनुको साथै आआफ्नो सृजना वाचन गर्नु भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि विनेसाम केन्द्रिय अध्यक्ष सुरेन्द्र परदेशि लिम्बू हुनुहुन्थ्यो । यसको सभापतित्व विनेसाम पस्चिम साखा अध्यक्ष लाल सुन्दर राईले गर्नुभएको थियो । कार्यक्रम संचालन अमित थेवे र विजय हितानले गरेका थिए

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!