अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

SHARE:

एजेन्सी नोभेम्बर १४ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेटवार्ता भएको छ ।

दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला इन्डोनेसियाको बालीमा आज सोमवार बाइडेन र सीबीच भेट भएको हो । भेटमा बाइडेनले अमेरिका र चीनबीच द्वन्द्व टार्नुपर्नेमा जोड दिएका छन् । उनले ताइवानका विषयमा अमेरिका र चीनले आफ्ना धारणा तय गर्ने बताएका छन् । यस्तै भेटमा सीले दुई देशको असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताएका छन् ।

उनले अहिलेको युगमा अभूतपूर्व ढङ्गले ठूला परिवर्तनहरू भइरहेका र मानिसले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेका भन्दै त्यसलाई सही ढङ्गले सम्हाल्नका निम्ति पनि दुई देशको असल सम्बन्ध अपरिहार्य रहेको धारणा राखेका छन् । जी २० बैठकले विश्वको ध्यानाकर्षण भएको उल्लेख गर्दै सीले यहाँबाट कहाँ जाने भन्ने प्रश्न सबै देशको दिमागमा रहेको पनि बताए ।

भोलि मङ्गलवार सुरु हुने जी–२० बैठकका लागि विश्व नेताहरू यतिखेर इन्डोनेसियामा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!