युद्ध गीत प्रतियोगितामा बेलायतबाट चिम्खोले काईला र प्रतिमा केसीलाई शान्तवना पुरुष्कार: चिम्खोले काईला – बेलायत

SHARE:


युद्ध गीत प्रतियोगितामा बेलायतबाट चिम्खोले काईला र प्रतिमा केसीलाई शान्तवना पुरुष्कार

चिम्खोले काईला – बेलायत

विश्व नेपाली साहित्य महासंघ बेलायतको दक्षिण र पश्चिम शाखाद्वारा युद्ध साहित्य गोष्टि अन्तर्गत “युद्ध गीत प्रतियोगिता” गत शनिवार १२ नोभेम्बरका दिन जुममार्फत सम्पन्न भएको छ। सो युद्ध गीत प्रतियोगितामा बेलायतबाट चिम्खोले काईला र प्रतिमा केसीलाई शान्तवना पुरुष्कार प्राप्त भएको छ।

युद्ध साहित्यलाई प्रवर्धन गर्ने हेतुले अन्तरराष्ट्रिय स्तरको युद्ध गित प्रतियोगिता राखिएको थियो । प्रतियोगितामा विश्वका ४२ जना गितकारहरुको सहभागिता रहेको थियो। युद्ध गीत प्रतियोगितामा निम्नलिखत व्यक्तिहरु विजयी भएका छन ।

प्रथम – तिला लेखाली – मोरङ
दृतीय – निनाम प्रणे थुलुङ – काठमान्डौ
तृतीय – गायत्री लम्साल – इटहरी
शान्तवाना – चिमखोले काइला – बेलायत
शान्तवाना – प्रतिमा केसी – बेलायत

युद्ध गीत प्रतियोगिताको लागी शिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठान बेलायत शाखाद्वारा गीत प्रतियोगिताको नगद पुरस्कार प्रायोजन गरिएको छ । गित प्रतियोगिताका निर्णायक मण्डलमा बेलायतबाट ख्यातिप्राप्त कलाकार तथा गीतकार शशी थापा सुब्बा र नेपालबाट बरिष्ठ गीतकार भावेश भुमरी थिए ।

निर्णायक मण्डलका सदस्य शशि थापा सुब्बा बैठकमा उपस्थिति हुन असमर्थ भएपनि अर्का सदस्य तथा बरिष्ठ गीतकार भावेश भुमरीले गीत लेखनको सन्दर्भमा बिषयबस्तु, आयोजकले घोषणा गरेको गीतको मापदण्ड, शब्दचयन तथा गीत लेखनमा हुनसक्ने कमीकमजोरीको बारेमा आफ्नो कुरा राखेका थिए। उनले प्रतियोगिताका गीतकारहरु निष्पक्ष तरिकाले बिजयी भएको ठोकुवा गरेका थिए। किनभने आयोजकले निर्णायक मण्डललाई केवल गीत र कोड नम्बर मात्र पथाइएको र आयोजकबाट कुनै पनि दबाब नआएको जानकारी दिएका थिए।

युद्ध गीत प्रतियोगिताको संयोजक बिश्व नेपाली साहित्य संघ बेलायतको दक्षिण शाखाको अध्यक्ष थिर थापा, सचिब अमित थेबे (मिहाङ्ग) र बिश्व नेपाली साहित्य संघ बेलायतको पश्चिम शाखाका मिडिया संयोजक गोमाले गरेका थिए। गीत प्रतियोगिताको बिजयी घोषणा संयोजक थिर थापाले गरेका थिए।

बिश्व नेपाली संघका केन्द्रिय उपाध्यक्ष तथा युद्ध साहित्य गोष्टिका संयोजक विजय हितानले हरेक बर्ष युद्ध साहित्य गोष्टि गर्ने जानकारी दिएका छन।

युद्ध साहित्य गोष्टिका अध्यक्षता बिश्व नेपाली साहित्य संघ बेलायत पश्चिम शाखाका अध्यक्ष लाल्सुन्दर राइले गरेका थियो भने प्रमुख अतिथि बिश्व नेपाली साहित्य संघ केन्द्रिय अध्यक्ष सुरेन्द्र राइ (प्रदेशी) थिए। कार्यक्रम संयोजक विजय हितान र सचिब अमित थेबे (मिहाङ्ग) ले संचालन गरेका थिए। युद्ध साहित्य गोष्टिमा बिश्वभरबाट दर्जनौंको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!