सिभिक रिमेम्बरेन्स सर्भिसमा तमु समाज यूकेको सहभागिता

SHARE:

शिवशरण गुरुङ
लन्डन १६ नोभेम्बर २०२२ । तमु समाज यूकेका ब्रिटिस गोर्खा भूतपूर्व सैनिक भेटरनहरुले ब्रेन्ट सिभिक रिमेम्बरेन्स सर्भिस तथा परेडमा सहभागिता जनाएका छन् ।

आइतबार १३ नोभेम्बर २०२२ मा कुईन एलिजाबेथ गार्डेन बरहाम पार्क वेम्बली लन्डनमा सम्पन्न परेडमा आर्मी, एअरफोर्सका र नेभिका केडाटस, सेन्ट जोन्स एम्बुलेन्स, रोयल ब्रिटिस लिएजन वेम्बली तथा सडबरि ब्रान्चका सदस्यहरु, स्काउट, बिजिएनए तथा अन्य युनिफोर्म पहिरिएका संघ संस्थाका समूह र रेजेन्ट ब्रास ब्यान्डसँग तमु समाज यूकेले परेड खेलेर सहभागिता जनाएको हो ।

डेपुटी लेप्टिनेन्ट मिई सिमलाई ओबिई प्रमुख आतिथि रहेको कार्यक्रममा ब्रेन्टका मेयर अबदि अडेन, ब्रेन्ट काउन्सिल लिडर काउन्सिलर मोहमद बट, मेम्बर अफ पार्लियमेन्टका सांसदद्वय बेरि गर्डिनर र डवन बटलरलगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित भएका रिमेम्बरेन्स सर्भिसमा ब्रेन्टका विभिन्न संघ संस्था तथा नागारिकहरुको पनि उल्लेख्य उपस्थिति थियो । डिन अफ ब्रेन्ट, फादर एन्ड्रयु टेथरले सन्चालन गरेको रिमेम्बरेन्स सर्भिसमा डेपुटी लेप्टिनेन्टको पुरस्कार निबन्ध प्रतियोगिता २०२२ मा प्रथम तथा द्वितीय स्थान हासिल गरेका उत्कृष्ट रचना विद्यार्थीहरुबाट बाचन, राष्ट्रको लागि विभिन्न युद्धहरुमा जीवन बलिदान गरेका वीर योद्धाहरुको सम्झनामा नागरिक प्रेयर गरी ट्रम्पेट लास्ट पोस्ट धुन, एक मिनेट मौनधरण, ट्रम्पेट रेभालि धुन तथा बेलायतको राष्ट्रिय धुन बजाइएको थियो ।

रिमेम्बरेन्स सर्भिसमा प्रमुख अतिथिले मन्तब्य राखेपछि, प्रमुख आतिथि, ब्रेन्टका मेयरलगायत उपस्थित विशिष्ट ब्यक्तित्वहरु र ब्रेन्टका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुबाट बरहाम पार्कस्थित युद्ध स्मारकमा रिथ अर्पण गरेका थिए । तमु समाज यूकेको तर्फबाट अध्यक्ष शिवकुमार गुरुङले रिथ अर्पण गरेका थिए । कार्यक्रमको अन्तमा रिजेन्ड ब्रास ब्यन्डको धुनसहित परेड मार्चपास गरी ब्रेन्ट सिभिक रेमेम्बरेन्स सर्भिस समापन गरिएको थियो ।

दिउँसो १:५० बजे आरम्भ भएको ब्रेन्ट सिभिक रिमेम्बरेन्स सर्भिसको समापनपछि तमु समाज यूकेले प्रमुख अतिथि तथा कार्यक्रममा सहभागी ब्रेन्ट काउन्सिलका विशिष्ट ब्यक्तित्वहरुको सम्मानमा बरहाम पार्कस्थित आफ्नै सामाजिक भवन तमु समाज यूके नेप्लिज कम्युनिटी सेन्टरमा एक करी लन्चको आयोजना गरेको थियो । लन्चमा प्रमुख अतिथि डेपुटी लेप्टिनेन्ट मिई सिमलाई ओबिई, ब्रेन्टका मेयर काउन्सिलर अबदि अडेन, काउन्सिल लिडर काउन्सिलर मोहमद बट, मेम्बर अफ पार्लियमेन्टका सांसद बेरी गर्डिनर, सांसद डवन बटलरलगायत स्थानीय अन्य काउन्सिलरहरु, विशिष्ट व्यक्तित्वहरु तथा रिमेम्बरेन्स सर्भिसमा सहभागी तमु समाज यूकेका अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, सदस्यहरु र आमा दिदीबहिनीहरु सरिक भएका थिए ।

तमु समाज यूकेले आयोजना गरेको करी लन्च ग्रहण गर्नुअगावै महासचिव धरम बल गुरुङले उपस्थित सबैलाई हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराउँदै अतिथिहरुको स्वागत तथा आसन ग्रहण गराएपछि अध्यक्ष शिवकुमार गुरुङले स्वागत मन्तव्य राख्दै संस्थाको संक्षिप्त परिचय तथा गतिविधिबारे बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डेपुटी लेप्टिनेन्ट मिई सिमलाई ओबिई, मेम्बर अफ पार्लियमेन्टका सांसद बेरि गर्डिनर र डवन बटलर, ब्रेन्टका मेयर काउन्सिलर अबदि अडेन, काउन्सिल लिडर काउन्सिलर मोहमद बट र काउन्सिलर पाउल लोरबरले क्रमस: मन्तव्य राखेका थिए । मन्तब्यमा सबैले ब्रेन्ट सिभिक रिमेम्बरेन्स सर्भिसमा तमु समाज यूकेको सहभागिता र समाजले गरेको सामाजिक तथा परोपकारी कार्यहरुको प्रशंसा गर्दै हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए । त्यसपछि सबैले रारा केटरीङद्वारा तयार पारेको नेपाली परिकारको लन्च ग्रहण गरेका थिए ।

अन्तमा करी लन्चमा उपस्थित महानुभवहरुबीच केही समय एकापसमा भलाकुसारी तथा फोटसेसन गरेर सम्पूर्ण कार्यक्रम अपराह्न ५ बजे समापन गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!