भूतपूर्व गोर्खा मुद्दामा दोस्रो चरणको वार्ता मिति सर्‍यो

SHARE:

लन्डन १७ नोभेम्बर । भूतपूर्व गोर्खा मुद्दामा दोस्रो चरणको बेलायत–नेपाल सरकारस्तरीय वार्ता ९ दिनपछि सरेको छ । नोभेम्बर २१ सोमबार गर्ने भनिएको वार्ता ३० नोभेम्बरका लागि सरेको गोर्खाहरुको तर्फबाट वार्ता प्रतिनिधि तथा प्रवक्ता मेजर रि. जुदबहादुर गुरुङले जानकारी दिए ।

लन्डनस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनालले वार्ता मिति सरेको जानकारी दिएको गुरुङले पुष्टि गरे । वार्ता मिति सर्नुको कारण भने खुलाइएको छैन । वार्ता दिउँसो २ देखि २.३० बजेसम्म हुनेछ ।

भूतपूर्व गोर्खा समेतको सहभागितामा नोभेम्बर ३ तारिख शुरु भएको त्रिपक्षीय वार्ताको दोस्रो चरणमा वार्तामा प्राविधिक स्तरमा छलफल हुने जनाइएको छ । आसन्न वार्तामा दुवै पक्षबाट मन्त्री वा राजदूतबिना कर्मचारीस्तरमा मुद्दामाथि विस्तृत छलफल गरिने भएको हो ।

पहिलो वार्तामा नेपाल सरकारको नेतृत्व गरेका राजदूत ज्ञानचन्द्र आचार्यले भूपू गोर्खाका लागि ब्रिटिश सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अंगभंग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यहरु लगायत समाधान गर्न बाँकी रहेका मागहबारे आफ्नो अवधारणा राखेका थिए । बेलायतको तर्फबाट रक्षा तथा भेट्रान राज्यमन्त्री डा. एन्ड्रु मरिसन सहभागी भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!