‘आक्रामक’ प्रतिक्रियाको चेतावनीपछि उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र प्रहार

SHARE:

सोल । उत्तर कोरियाले बिहीबार छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ ।

वासिङ्टनले क्षेत्रीय सुरक्षा सहयोग लाई बढावा दिन र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको बढ्दो उक्साहटको जवाफमा संयुक्त सैन्य अभ्यासलाई बढावा दिन खोजिरहेको छ । उत्तर कोरियाले यस्ता सबै कदमहरूलाई अमेरिकी आक्रामकताको प्रमाणको रूपमा हेर्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साताको सुरुमा चिनियाँ समकक्षी सी जिनपिङसँग उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणबारे छलफल गर्नुका साथै टोकियो र सियोलका नेताहरूसँग पनि कुराकानी गरेका थिए । उत्तर कोरियाका विदेशमन्त्री चोइ सोन हुईले बिहीबार सरकारी समाचार संस्था केसीएनएमार्फ सार्वजनिक विज्ञप्तिमा वासिङ्टनले आफ्नो ‘विस्तारित प्रतिरोध’ बढाउने र क्षेत्रीय सुरक्षा सहयोगीहरूसँग संयुक्त अभ्यास गर्ने कदम ‘मूर्खतापूर्ण कार्य’ भएको बताएका छन् ।

चोइले उत्तर कोरियालाई आफ्नो आधिकारिक नाम डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया भएको बताउँदै भन्नुभयो, “वासिङ्टनले टोकियो र सियोलसँग जति धेरै सुरक्षा सहयोग बढाउँछ, त्यति नै उत्तर कोरियाको सैन्य प्रतिकार तीव्र हुनेछ ।”

दक्षिण कोरियाका ‘ज्वाइन्ट चिफ अफ स्टाफ’ले भने, “सेनाले स्थानीय समयअनुसार बिहान १०ः४८ बजे काङवोन प्रान्तको वोनसान क्षेत्रबाट छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पत्ता लगाएको छ ।” उक्त क्षेप्यास्त्र ४७ किलोमिटरको उचाईमा करिब २४० किलोमिटर (१५० माइल) उडेको र म्याक–फोर को गतिमा उडेको सेनाले जनाएको छ ।

“दक्षिण कोरिया र अमेरिकाले आज आयोजित संयुक्त क्षेप्यास्त्र प्रतिरक्षा अभ्यासमार्फत् आफ्नो बलियो संयुक्त प्रतिरक्षा अवस्थालाई पुनः पुष्टि गरेका छन्,” एक योजनाबद्ध अभ्यासलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

जापानले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ भने प्रधानमन्त्री कार्यालयले प्योङयाङको ब्यालेस्टिक क्षेप्यास्त्रप्रहारसहितका गतिविधिले हाम्रो देश र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पारेको बताएको छ ।

प्योङयाङका विदेशमन्त्रीले दिएको वक्तव्यसँग मिल्दोजुल्दो गरी बिहीबारको क्षेप्यास्त्र परीक्षण गरिएको विज्ञहरूले बताएका छन् । सेजोङ इन्स्टिच्युटका अनुसन्धाता चेओङ सियोङ चाङले एएफपीसँग भने, “यो अमेरिका र जापानलाई जवाफ दिने प्रयास हो ।”

इन्डोनेसियाको बालीमा भएको जी–२० को बैठकका क्रममा उत्तर कोरियामाथि लगाम लगाउन बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई आफ्नो प्रभाव प्रयोग गर्न आह्वान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!