निर्वाचनको महासंग्रामको नजिक आइपुगेको बेला भक्त दुराको व्यक्तिगत विचार: भक्त दुरा – बेलायत।

SHARE:

निर्वाचनको महासंग्रामको नजिक आइपुगेको बेला भक्त दुराको व्यक्तिगत विचार

भक्त दुरा – बेलायत।

१७ नोभेम्बर २०२२। मलाई लाग्छ मुलुकमा हुन गइरहेको मंसिर ४ को आसन्न निर्वाचन मुलुकलाई यथास्थितिमा राख्ने कि आमुल परिवर्तनमा लाने भन्ने बिषयको जनमतसंग्रह हो जस्तो लाग्छ ।

सबै पार्टीका उमेदवारहरू यथास्थितिवादी र आमुल परिवर्तनवादी हुन सक्दैनन। प्रष्टरूपमा भन्नु पर्दा छैनन पनि । किन भने आमुल परिवर्तनका नाममा बहस गरेर हिड्नेहरूले पनि आम कार्यकर्तालाई मात्र होइन आम नेपाली जनतालाई धोका दिएको देखियो ।

सबै पार्टीमा स्वार्थका खेति गर्ने र नक्कली हनुमान बनेर स्वार्थ लुट्नका लागी हिडेका पनि छन । तसर्थ सच्चा शान्त, समृद्ध, प्रजातन्त्र, मानवाधिकार, कानुनीराज्य सुनिश्चितता चाहाने । दमन, अन्यय, अत्याचार, अनियमितताको अन्त चाहाने ।सबै खाले भेदभावको अन्त भएको मुलुक देख्न चाहाने साथै गरिव, असुरक्षित र मानवधिकार हनन भएको मुलुकको जुन पहिचान विश्वमा छ ।

यो पहिचानलाई परिवर्तन गर्न चाहाने जुनसुकै पार्टी वा स्वतन्त्र उमेदवार होस । ति उच्च दृष्टिकोण भएको अग्रगामी सोच भएको उमेदवारलाई मतदान गरेर बिजयी गराउनु मुलुकको र आमनेपाली जनताको लागी हित हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!