इक्वेडरको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा १० जनाको मृत्यु

SHARE:

एजेन्सी नोभेम्बर १९ ।

इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको मृत्यु भएको छ ।

कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने विषयमा विवाद भएपछि यो घटना भएको त्यहाँका अधिकारीहरुले बताएका हुन् । इक्वेडरमा कारागारमा रहेका कैदीबन्दीको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको सरकारी अधिकारीहरुले बताएका छन् । गत वर्ष पनि विभिन्न कारागारमा झडप हुँदा ४ सय जना कैदीबन्दीको मृत्यु भएको थियो ।

विभिन्न आपराधिक घटनामा संलग्न भएर जेल सजाय भोगिरहेका कैदीहरुले कारागारमै आक्रमण गर्ने गरेको जनाइएको छ । केही साताअघि मात्रै सरकारले २ हजार भन्दा बढी कैदीलाई सुरक्षित कारागारमा स्थानान्तरण गरेको थियो । विभिन्न हिंसात्मक गतिविधिमा संलग्न भएकाहरुलाई राखिएका कारागारहरु असुरक्षित भएपछि कैदीबन्दीलाई पटक-पटक स्थानान्तरण गर्नुपरेको सरकारी अधिकारीहरुले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!