मलेसियाका विपक्षी नेता अनवर इब्राहिम प्रधानमन्त्री नियुक्त

SHARE:

एजेन्सी नोभेम्बर २४ ।

मलेसियाका विपक्षी नेता अनवर इब्राहिमलाई प्रधानमन्त्री नियुक्त भएका छन् ।

अनिर्णित चुनावपछिको राजनीतिक गतिरोध अन्त्य गर्दै दरबारले उनको नाम अनुमोदन भएको थियो । दरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ “मलेसियाका शासकहरूका शाही महामहिमहरूको विचारलाई ध्यानमा राखी अनवर इब्राहिमलाई मलेसियाको १० औं प्रधानमन्त्री नियुक्त गर्न स्वीकृति दिइएको छ।”

भरखरै सम्पन्न निर्वाचनमा अन्वरको पाकतन हारापान आशाको गठबन्धन गठबन्धनले भ्रष्टाचार विरोधीका रूपमा प्रस्तु हुँदै ८२ सिट जितेको थियो तर आवश्यक ११२ सिट बहुमत भने पुगेको थिएन । त्यस्तै, पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनको पेरिकाटन नेशनल राष्ट्रिय गठबन्धन ब्लकले ७३ मत प्राप्त गरेको छ । इस्लामवादी पार्टीले समर्थन गरेका मुहिद्दीनले पत्रकार सम्मेलनमा कुनै पनि समूहसँग पर्याप्त सीट सङ्ख्या नभएकोले राजाले सुरुमा आफू र अनवरलाई ” संयुक्त सरकार” बनाउन आग्रह गरेको बताएका थिए ।

मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहले जारी राजनीतिक गतिरोध तोड्नका लागि दुई प्रतिद्वन्द्वीलाई बोलाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!