२७ नोभेम्बर २०२२ (मंसिर ११ गते) गुरुङ चलचित्रका पहिलो नायक प्रितम गुरुङ, आइतबारमा गुरुङ चलचित्र‘नुमा’ प्रदर्शनका लागि बेलायत आएका हुन् । प्रितम गुरुङ, नायकमात्र नभएर गुरुङ चलचित्रका लेखक, निर्देशक र निर्मातासमेत हुन् ।
गुरुङ चलचित्र ‘नुमा’का निर्माता ओमेन्द्र गुरुङ र श्रीप्रसाद गुरुङको निमन्त्रणामा प्रितम पहिलो पटक बेलायतआएका हुन् । नायक गुरुङलाई स्वागत गर्न तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, गीतकार एकेन्द्र गुरुङ, उपाध्यक्ष जुम काजी गुरुङ, चलचित्र निर्माता ओमेन्द्र गुरुङ, चारघारेकी चेली गुड्डु गुरुङ, ब्रिटिस गोर्खा नेप्लिजएशोसिएसन (बीजीएनसी)का अध्यक्ष सन्त गुरुङ हिथ्रो विमानस्थल पुगेका थिए ।






