
मगर संघ युके, प्लम्स्टेड शाखाको अधिवेशनबाट डब्यूओटु दलप्रसाद थापामगर पुन: अध्यक्षमा निर्वाचित
गुमानसिङ थापामगर – महासचिब मगर संघ युके
२६ नोभेम्बर २०२२ – बेलायत। मगर संघ युके प्लम्स्टेड शाखाको अधिवेशनबाट डब्यूओटु दलप्रसाद थापामगर, पुन: अध्यक्षमा निर्वाचित भएका छन ।सो अधिवेशन बेलायतको उलविचस्थित रोयल आर्टिलरी ब्यारेकमा सम्पन्न भएको छ। उक्त अधिवेशनमा प्रश्तुत गरिएका सम्पूर्ण प्रतिवेदनहरु सर्बसम्मतबाट पारित भएको छ।
निर्वाचन समितिको प्रमुख आयुक्तको जिम्मेवारी मगर संघ युके प्लम्स्टेड शाखाको निबर्तमान अध्यक्ष विशन थापाले निभाएका थिएभने आयुक्तको जिम्मेवारी निबर्तमान अध्यक्ष धन बहादुर थापा र अर्का निबर्तमान अध्यक्ष केश बहादुर आलेले निभाएका थिए। सो निर्वाचन समितिले सर्बसम्मतबाट नयाँ कार्यसमिति चयन गरेको तथा पुन निर्वाचित गरेका छन। नयाँ कार्यसमितिका नामावली यस प्रकार छन:
अध्यक्ष – दलप्रसाद थापामगर
उपाध्यक्ष – खर्क बहादुर पुनमगर
सचिब – चेत बहादुर रानामगर
सहसचिब – रुप बहादुर रानामगर
कोषाध्यक्ष – यम बहादुर थापामगर
सहकोषाध्यक्ष – केशब बहादुर रानामगर
सदस्य – बारमान रोकामगर
सदस्य – जित बहादुर थापामगर
सदस्य – बिरमाया पुनमगर
सदस्य – चित्र रानामगर
सदस्य – टुकमाया रानामगर
सदस्य – हिरा रानामगर
सदस्य – तिर्थ कुमार थापामगर
सदस्य – सुबित्र थापामगर
सदस्य – भुवानी थापामगर
सदस्य – देबिन्द्र थापामगर
सदस्य – भिम बुराथोकिमागर
सदस्य – अन्जली पुनमगर
सदस्य – अस्मिता थापामगर
सदस्य – गजेन्द्र पुनमगर
सदस्य – दिलमाया थापामगर
सदस्य – कोमला देबी थापामगर
सदस्य – नारायण थापामगर
सदस्य – जितपानी रानामगर
सदस्य – गोबिन्द सुनारीमगर
उक्त अधिवेशनको अध्यक्षता मगर संघ युके, प्लुम्स्टेड शाखाका अध्यक्ष दलप्रसाद थापाले गरेका थिए भने प्रमुख अतिथिको आथित्य मगर संघ युकेका केन्द्रिय अध्यक्ष सिता पुनमगरले ग्रहण गरेका थिए। सचिब चेत रानामगरले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष खर्क पुनमगरले स्वागत मन्तब्य दिएका थिए। अधिवेशनमा प्लुम्स्टेड शाखाका निबर्तमान अध्यक्षहरु, सल्लाहकारहरु, कार्यसमितिलगायत सर्बसाधारणको बाख्लो उपस्थिति रहेको थियो।






