अफगानिस्तानको एक मदरसामा बम विस्फोट हुँदा १६ जनाको मृत्यु

SHARE:

एजेन्सी नोभेम्बर ३० ।

अफगानिस्तानमा बम विस्फोटमा कम्तीमा १६ जना विद्यार्थीको मृत्यु भएको छ । त्यस क्रममा २४ जना घाइते भएका छन् ।

बम विस्फोट सामंगन प्रान्तको मध्यभागमा रहेको ऐबाक शहरको मदरसामा भएको थियो । अफगानिस्तानमा वेलावेला यस्ता आतंकवादी घटना हुने गरेका छन् । दुई महिनाअघि काबुलमा पनि बम विस्फोट भएको थियो ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरले उत्तरी सामंगन प्रान्तको राजधानी ऐबाकमा भएको विस्फोटमा धेरै घाइते भएको जानकारी दिएका छन्। टोलो न्यूजले एक चिकित्सकलाई उद्धृत गर्दै विस्फोटमा १६ जनाको मृत्यु भएको जनाएको छ। करिब २७ जना घाइते भएका छन्। मदरसामा दिउँसोको नमाजका वेला विस्फोट भएको हो। विस्फोट भएको मदरसा हालै निर्माण गरिएको हो ।

रिपोर्टका अनुसार विस्फोटमा ज्यान गुमाउने र घाइते भएका अधिकांश मदरसामा अध्ययनरत विद्यार्थी रहेका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । तालिबान अगस्ट २०२१ मा सत्तामा फर्किएको छ। त्यसयता यहाँ धेरै विस्फोट भएका छन् । कुनै विस्फोटको जम्मेवारी भने इस्लामिक स्टेट खोरासान आईएसकेपीले लिने गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!