बीसीसी गुम्बा अल्डरसटमा कालु रिन्पोछेद्वारा प्रवचन: पूर्ण गुरुङ, लण्डन ।

SHARE:

बीसीसी गुम्बा अल्डरसटमा कालु रिन्पोछेद्वारा प्रवचन
पूर्ण गुरुङ, लण्डन ।

बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके अल्डरसटमा हाल बेलायत भ्रमणमा रहेका श्रद्धेय गुरु हिज इमिनेन्स (एचई) कालु रिन्पोछेले मेडिटेशन र योगाबारे प्रवचन दिएका छन् । हिज इमिनेन्स रिन्पोछेले गत बुधबार ३० नोभेम्बरका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा उक्त प्रवचन दिएका हुन् ।

शङ्पा कग्यु टेडिसनका प्रमुख समेत रहेका भारतको दार्जलिङमा जन्मिएका हिज इमिनेन्स (एचई) कालु रिन्पोछेले ध्यान र निगुवा योगा अभ्यासबारे आफ्नो अनुभव सुनाउँदै ध्यान र योगा अभ्यासले मानव जीवनमा ल्याउने परिवर्तन र यसलाई अभ्यास गर्ने विधि जानकारी दिए । साथै, उनले हामीले जुनसुकै बिषयको अभ्यास गरेता पनि सावधानीपूर्वक गर्नुपर्ने, कसैलाई देखाउन र प्रमाणित गर्न गर्न नहुने जनाए ।

बीसीसी युकेका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त प्रवचनमा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ बिईएम, महासचिव क्याप्टेन देव घले, कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा सचिव एवं कार्यवाहक आमा अध्यक्ष शारदा गुरुङ, बीसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्ग, आमा अध्यक्ष दिलमाया गुरुङ, सल्लाहकार, ट्रष्टीज, आजीवन सदस्यलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो । त्यस्तै, गुरु रिन्पाछेका स्थानीय बेलायती अनुयायीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

उक्त प्रवचनमा बीसीसी युकेका कावा अध्यक्ष आङदावा शेर्पाले बीसीसी युकेको निमन्त्रणालाई स्वीकार गरी प्रवचन दिएकोमा धन्यवाद दिएका थिए । साथै, कावा अध्यक्ष शेर्पा र कावा आमा अध्यक्ष गुरुङले संयुक्त रुपमा हिज इमिनेन्स (एचई) कालु रिन्पोछेलाई मायाको चिनो प्रदान गरे । त्यस्तै, कार्यक्रम संयोजक समेत रहेका बीसीसी युकेका कोषाध्यक्ष मेजर हितमान गुरुङले औपचारिक कार्यक्रमको संचालन गर्दै हिज इमिनेन्स (एचई) रिन्पोछेको बारेमा छोटो परिचय दिएका थिए ।

करीब ६० जनाको उपस्थिति रहेको उक्त प्रवचनमा सहभागीहरुले हिज इमिनेन्स (एचई) कालु रिन्पोछ स्वागतद्धारमा पूmलको गुच्छा र खादाले स्वागत गरेका थिए । सो अवसरमा हिज इमिनेन्स (एचई) कालु रिन्पोछेले बीसीसी युकेको प्राङ्गगणमा रहेको शाक्यमुनी बुद्धको मूर्ति, छोर्तेन र गुम्बाभित्र पुजा हलमा समेत पुजापाठ गरे ।

बेलायतका विभिन्न स्थानबाट आएका हिज इमिनेन्स कालु रिन्पोछेका अनुयायीहरुको समेत बाक्लो उपस्थिति रहेको उक्त प्रवचनको अन्त्यमा सहभागी भक्तजनहरुले हिज इमिनेन्सबाट आर्शिवाद लिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!