लण्डन डिसेम्बर ३ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफूले भेदभाव भोग्नुपरेको खुलासा गरेका छन् ।
यद्यपि अहिले बेलायतले परिस्थितिसँग जुध्न उल्लेखनीय प्रगति गरेको भन्दै यसको बचाउ गरेका छन् । भारतीय मूलका बेलायती नेताले बिहीबार राति पत्रकारहरूसँगको संवादमा उक्त खुलासा गरेका हुन् । जुन उनले बकिङ्घम प्यालेस बेलायती राजदरवारमा जातीय र रंग विभेदको मुद्दा चर्किएका वेला उक्त खुलासा गरेका हुन् ।
राजदरबारकी वरिष्ठ अधिकारी ८३ वर्षीया ुगडमदरु सुजन हसीले परोपकारी संस्थाकी कार्यकर्ता अश्वेत बेलायतीलाई उनको पुर्ख्यौली थलोबारे बारम्बार सोधेपछि यो विवाद सतहमा आएको हो। ती अश्वेत महिलाले आफू पूर्वी लण्डनकी भएको बताएकी थिइन्। गत साता बेलायती महारानी क्यामिलाले दरवारमा भव्य भोज दिएकी थिइन्। लण्डनस्थित परोपकारी संस्था सिस्टाह स्पेसकी संस्थापक ६१ वर्षीया नगोजी फुलानीलाई हसीले तपाईं अफ्रिकाको कुन ठाउँबाट आउनु भएको हो भन्दै पटक पटक सोधेकी थिइन्। सुजन हसी स्वर्गीय महारानी एलिजाबेथ द्वितीयाकी निकट सहयोगी हुन्। त्यसैले उनलाई प्रिन्स विलियमकी ुगडमदरु पदवी दिइएको थियो। उनी दरबारकी शक्तिशाली महिला हुन्।
महारानी क्यामिलाले आयोजना गरेको भोजमा हसीले आफ्नो नामको ब्याज हेर्न आफ्नो कपाल तानेको फुलानीले खुलासा गरिन्। उनको रंगप्रति लक्षित गर्दै उनलाई ‘अफ्रिकाको कुन भागबाट आएको’ भनेर पटक पटक सोधिरहिन्। फुलानीले आफू बेलायती नागरिक भएको बताइरहेकी थिइन्। उक्त विवादबारे सोध्दा सुनकले आफूले राजदरबारको विषयमा आफूले टिप्पणी गर्नु उपयुक्त नहुने तर्क दिए। उनले यस विषयमा भएको कारबाहीको मात्रै चर्चा गरे। सुनकले भने, ‘राजदरबारसँग सम्बन्धित विषयमा मैले टिप्पणी गर्नु उचित होइन। सम्बन्धित व्यक्तिले सबै घटना स्वीकार गरेकी छन् र त्यसका लागि माफी मागेकी छन्।’
सुनक भारतीय मूलका आमाबुवाका सन्तानका रूपमा बेलायतमा जन्मिएका व्यक्ति हुन् । उक्त घटनाबारे तपाईंलाई कस्तो महसुस हुन्छ भन्ने प्रश्नमा सुनकले भने‚ ‘मैले पहिले पनि भनिसकेको छु, मेरो जीवनमा मैले जातीय भेदभाव भोगेको छु। मैले बाल्यकाल र युवावस्थामा भोग्नुपरेको नश्लवाद अहिले महसुस गर्दैनन्। हाम्रो देशले नश्लवादविरुद्ध लड्न उल्लेखनीय प्रगति गरेको छ। तर नश्लवाद सकिएको छैन त्यसैले देख्ने बित्तिकै विरोध गर्छौं। यो सही हो कि हामीले निरन्तर पाठ सिक्छौँ र असल भविष्यका लागि अगाडि बढ्छौं।’
उक्त घटनाबारे सफाइ दिँदै केन्सिङ्टन प्यालेसका प्रवक्ताले सञ्चारकर्मीहरूलाई भने‚ ‘प्रिन्स अफ वेल्स विलियम र प्रिन्सेज अफ वेल्स केटका लागि यस्ता टिप्पणी ‘अस्वीकार्य’ छन्।’ साथै उनीहरूले बेलायतमा जातिवादको कुनै स्थान नभएको दाबी गरिएको छ ।






